8 Falgun, 2074 | 20 February, 2018 Tuesday


बल्ल होश आयो

सरकार र सत्तामा सबको मन झुमेपछि 
बल्ल होश आयो कि त ५० बिगा गुमेपछि ।
बिरोध गर्दै रोइ कराई गर्थें अखबारैभरि,
अहिले चुप भए कि त गालामा चुमेपछि ।

सिमा मिच्दैछ छिमेकीले के फरक पर्छ र ?
सबै जायज हुन्छ एकफेर दक्षिण घुमेपछि ।
खुल्ला छ सिमाना र हलुका छ पिल्लर हाम्रो,
आन्दोलन गर्नै पर्छ सिमाना गुमेपछि ।

माधव पौडेल "असलयात्री"