12 Baishak, 2075 | 25 April, 2018 Wednesday
तीतोपाटी डट कम -"रक्तदान जीवन दान" भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै  आएको रक्तदान अभियान  कार्यक्रम स्वरुप आगामी मार्च ९ तारिख २०१८ मा आयोजना हुने भएको छ। उक्त रक्तदान सधैंझै कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको हो । 

गत १५ सेप्टेम्बर २०१७ तारिक गरिने भनिएको रक्तदान कार्यक्रम ब्लड बैकले आफ्नो प्राबिधिक कारण देखाउदै केही सम्मको लागि स्थगित गर्न अनुरोध गरेको थियो थियो । तमु समाज कुबेतले हरेक मानब जतिमा र धनी गरिब सबैलाई आबश्यक पर्दा हामीले दान गरेको रगत प्रयोग गर्न सक्ने हुनाले  बिगत ४ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदा झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि  सम्पूर्ण  कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा स्वस्फुर्त रुपमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।

मिति : मार्च ९ तारिख २०१८ शुक्रबार
समय : बिहान ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजना : तमु समाज कुवेत