8 Jestha, 2075 | 22 May, 2018 Tuesday
तीतोपाटी डटकम-रोजगारिको क्रममा कुवेतलाई कर्म थलो बनाएका सिन्धुपाचोकेहरुलाई एकतृत गरी केही समय पहिले मात्र गठन गरिएको सिन्धुपाल्चोक सेवा समाज कुवेतले अागामी मार्च ९ तारिक शुक्रबार आफ्नो प्रथम अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशन कुवेतको फर्वानिया स्थित अह हैतम रेष्टुरेन्टमा हुनेछ। 

सिन्धुपाल्चोक सेवा समाज कुवेतका संयोजक माधव पौडेलले तीतोपाटी डटकम सँग भने" कुवेतको नेपाली समाजका हरेक गतिबिधीमा हातेमालो गर्ने र सिन्धुपाल्चोक मात्र नभई नेपालको जुनसुकै भुभागबाट पनि कुवेत आई समस्यामा परेका नेपाली कामदारहरुको समस्या समाधानमा सहयोगका लागि हामी लागिरने प्रणका साथ यो संस्थाको प्रथम अधिबेशन आयोजना गर्दै छौ।उनले थपे"कुवेतमा कृयाशिल सबै नेपाली संघ-सस्थाहरु,त्यसका प्रतिनिधिहरु, पत्रकार, सामाजिक अभियन्ताहरु सबैलाई हामी श्वस्फुर्त रुपमा कार्यक्रममा उपस्थित हुँदै आ-आफ्नो ठाउँबाट सक्दो साथ सहयोग गर्न अनुरोध गर्दै उक्त दिन कुनैपनी कार्यक्रम नजुधाउन सबैलाई अनुरोध गर्दछौ।"


यसै बिच समाजले सिन्धुपाल्चोक घर भई कुवेतमा काम गरिरहेका सम्पूर्ण कुवेतबासी सिन्धुपाल्चोके दाजुभाइ-दिदिबहिनीहरुलाई संस्थामा आबद्द हुन अनुरोध गरेको छ।त्यसै गरी साधारण सदस्यहरुबाटनै कार्य सम्पदानको लागि कार्यसमिति निमार्ण हुने हुदा ईच्छुक सदस्यहरुले प्रथम अधिबेशन आयोजना समिती संयोजक बिकास तामाङ,संयोजक माधब पौडेल,  निर्वाचन प्रमुख अथवा उप प्रमुखसंग सम्पर्क गर्न सबैलाई सुचित गरेको छ। 

सम्पर्कका लागि:-
प्रथम अधिबेशन आयोजना समिती संयोजक बिकास तामाङ-६६६३९३२८ 
निर्वाचन प्रमुख- राजेन्द्र तामाङ ९७२०४६६३
उप प्रमुख -हरिकृष्ण न्यौपाने ६५०४२२१६
संयोजक - माधब पौडेल ५५०२०७७९ 
प्रदिप कार्की ६६०१९५४० 


मिती:- मार्च ९ तारिक शुक्रबार २०१८

स्थान:-अल हाइतम रेष्टुरेन्ट फर्वानिया (अल्घानिम अगाडी)

समय:- बिहान ११ बजेदखि