8 Jestha, 2075 | 22 May, 2018 Tuesday


 मिति २०७४/१०/६ गते शताव्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेन , पाल्पाकीे कथाकार मन गहिरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस ,बागबजारमा सम्पन गरेको छ ।
शताव्दी साहित्य  प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलको सभापतित्वमा सुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कथाकार माया ठकुरीले समाजमा महिला लेखकलाइ सकारात्मक रूपमा बुझ्ने अवस्था अझै आइनसकेकोले आफैं अग्रसर हुनु पर्ने र आफ्ना भाबना  लेख्दै जानु पर्छ भनेर हौस्याउनु भएको थियो । बिभिन्न प्रेरणादायी उदाहरणले कार्यक्रममा रौनकता थप्नु भएको थियो । विशेष अतिथीहरूमा कथाकार भागिरथी श्रेष्टले निरन्तरता दिएमा अवस्य सफल भइन्छ भन्नु भयो र कथाकार रामप्रसाद पन्तले समाजको एेना कथामा उतार्न सजिलो छैन तर प्रयास गर्नु पर्छ भन्नु भयो ।  आजको कार्यक्रममा वक्ताहरू ग्याननिष्ठ गवाली र तर्कना शर्मा हुनुहुन्थ्यो । अतिथि टिप्पणीकारमा डा.शान्तीमाया गिरी हुनुहुन्थ्यो । आजको  सिसार सह आयोजक रहेको उक्त कार्यक्रमको  सिसारका प्रधान सम्पादक गाननिष्ठ गवालीले कार्यक्मको बारेमा र मनका कथाको बारेमा चर्चा गर्नु भएको  थियो ।
वक्ता तर्कना शर्माले मनका कथा भित्रका बिभिन्नन कथाका पाटोहरू केलाएर समालोचना गर्नु भएको थियो । 
टिप्पणीकार  डा. शान्ती गिरीले मनका कथाका अनेक आयाम खोतलेर विश्लेषण गर्नु भएको थियो ।
डा.बम बहादुर जितालीले मनका कथा  पाठकलाइ पढुंपढुं लाग्ने गरि हौस्याउनु भयो ।  प्रा.डा सावित्री कक्षपतिले जीवनमा नौ अोटा सिढी चढ्नै पर्ने विचार गर्नु भएकोले सहभागीहरू सोचमग्न हुनु भएको थियो ।
मनमा कथाका बिभिन्न आयाम पढ्नु भएका पाठकहरूले लेखकलाइ प्रश्नहरू गर्नु भएको थियो र लेखकले सहज रूपमा स्वीकारेर अन्तरक्रियामा सक्रिय रूपमा सहभागी हुनु भएको थियो। कथाका धेरै कुराहरू सिक्ने र बुझ्ने मौका पाएकोमा उपस्थित सबैजनाले एक उपलव्धीपूर्ण कार्यक्रमको रूपमा लिनु भएको छ ।
कार्यक्रमको सहजकर्ता साहित्यकार शोभा न्यौपानेले कार्यक्रम रोचक रूपमा प्रस्तुत गर्नु भएकोले पनि सबैजना अतिथिहरू कार्यक्रमको अन्यसम्म बस्नु भयो र कार्यक्रम सभ्य रूपमा सम्पन्न भएको थियो  । कार्यक्रममा अतिथिहरू साहित्यकार ललिता दोषी , अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेस्याम लेकाली,पाल्पाका सर्जक राजेश्वर उदय ,बरिष्ठ साहित्यकार गंगा पौडेल, साहित्यकारहरू पुस्कर लोहनी , सरू सुवेदी, रन्जना निरौला, कवि तारा केसी, उमेस पाण्डे,चन्द्रा न्यौपाने ,रस्मी रिमाल,भिस्म फुलारा मुरारी सिग्देल , फुलारा,गीतकार रविन्द्र आशिस सैली, साहित्यकार कल्पना कल्प पुन्ज आदि गरेर ७० भन्दा बढी सर्जकहरूको वजनदार उपस्थिती रहेको थियो ।