8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम- माघ २०७२ सालको भुकम्पले हजारौं घर भत्किए त्यही मध्येको एउटा घर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको इचोककी दिया तामाङको पनि पर्यो भुकम्पले उनको परिवारलाई नै पालमा पुर्याइदियो


खेतीपाती गरेर व्यवहार चलाइरहेको दियाको परिवारसँग भत्किएको घर ठड्याउने केही उपाय भएन दिया उनका श्रीमानले विदेश जान पाए कमाइन्थ्यो अनि घर पनि बनाउन सकिन्थ्यो भन्ने सोचे।

दुई जना मध्ये दियाले नै पहिला विदेश जाने निधो गर्नुभयो घर भत्किएको तीन महिनापछि उहाँ कुवेत जानुभयो साथीहरुले चिनेका दोलखाका एजेण्टले उहाँलाई भारतको दिल्ली हुँदै कुवेत पठाए

घरेलु कामदारका रुपमा कुवेत जाँदा दियाले पैसा चाहिँ खर्च गर्नु परेन उनी फ्रि भिसा फ्रि टिकटमा जान पाईन दियाले कुवेत पुगेर काम राम्रै अनि तलब महिनाको ७० केडी अर्थात झण्डै २४ हजार रुपैयाँ कमाइ हुने कुरा आफ्नो घरमा सुनाईन


दियाका कुरा सुनेपछि उनका श्रीमान् रेन्जेन लामा पनि विदेश जान कस्सिय हाम्रो त्यतिबेलाको एउटा मात्रै सपना थियो घर बनाउने त्यसैले उहाँले पनि पनि आउँछु भन्नुभयो दियाले भनिन श्रीमतीलाई मार्फत पठाएका रेन्जेन साथीहरुसँग कतार पुगे


दियाको घरको काम खाना बनाउने अनि सरसफाइ गर्ने त्यही चलिरहेको थियो तर चार महिना नपुग्दै दिया शौचालयमा लड़ीन दाहिने खुट्टा झमझमाउने अनि निदाउने हुन थाल्यो खुट्टाको समस्याले दियाले पहिलेको जसरी काम गर्न सकीनन काम गर्न नसकेपछि साहुले उनलाई राखेन साहुले नै नेपाल फर्किन सुझाव दिएपछि उनी नेपाली दूतावास हूदै नेपाल फर्किन


घर बनाउने सपना बोकेर गएकी दिया एउटा खुट्टामा समस्या लिएर फर्किन काठमाडौं आइपुग्ने बित्तिकैदेखि उनले उपचार गर्न थालीन बहिनीले उन्लाई अकुपंचर विधिबाट उपचार गर्ने एक ठाउँमा पुर्याइन् त्यो कुन ठाउँ हो दियालाई अहिले पनि त्यति मज्जाले थाहा छैन

त्यो अस्पतालले सुई लगाइदिएपछि समस्या कम भएन उल्टै थपियो देब्रे खुट्टाको समस्या दाहिने खुट्टामा पनि सर्यो केही दिनमा कम्मरदेखि तलको भाग नै चल्न छोड्यो दियाले सुनाईन


दिया फर्किंदा दुई वर्षका छोरा सहित सासु ससुराको बास पालमै थियो दिया सहारा चाहिने भएर फर्किएपछि परिवारमा समस्या थपियो कम्मरदेखि तलको भाग नचल्ने भएर थलिएकी श्रीमतीलाई ठिक हुन्छ भन्ने आशामा रेन्जेनले आफूले कतारमा कमाएको झण्डै लाख रुपैयाँ सकीयो


तर बीसको उन्नाइस पनि भएन केही सीप नलागेपछि रेन्जेन पनि डेढ वर्ष बसेर घर फर्किन जाने बेला दियाका श्रीमान् श्रीमतीसँग विदेशको कमाइले घर बनाउने सपना थियो तर फर्किंदा सपना अधुरो थियो नै पीडा झनै थपियो


सहारा चाहिने भएर फर्किएकी दियालाई घरमा स्याहार गर्ने मान्छे भएनन् त्यसमाथि भुकम्पले भत्किएको घर बनाउन थालेपछि झनै समस्या भयो त्यसैले उनी माइतमा बस्न थालीन अहिले पनि उनि माइतमै बस्नुहुन्छ


सामीको सहयोगमा ह्वील चियर छात्रवृत्ति

वैदेशिक रोजगारीका कारण थलिएकी दियालाई सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रको पहलमा एफ स्किलले ह्विल चियर दिएको केन्द्रले नै छोरा पाल्देनलाई लागि शैक्षिक छात्रबृति पनि दिलाएको


पाल्देनलाई जिल्ला बालकल्याण समितिले हजार रुपैयाँको छात्रवृत्रि दिएको भने वैदेशिक रोजगार विभागले दिने छात्रवृत्ति पनि पाएका छन्