8 Jestha, 2075 | 22 May, 2018 Tuesday

भैरहवा , ६ माघ
प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा शनिवार भैरहवामा नारी विशेष विर्मश सष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्र्यक्रममा नेपाली भाषा र साहित्यको विकासमा विशेष योगदान पु¥याएको भन्दै महिला साहित्य स्रष्टाहरु सुनकुमारी गुरुङ, सुशीला प्रधान , दुर्गा पौडेल , गंगा लिगल र भुवन सुब्बालाई कविता साहित्य सम्मानबाट सम्मान गरिएको छ । कार्यक्रममा हाम्रो संस्कृतिमा नारीको स्थान विषयक प्रवचन, महिला साहित्य विमर्श, स्रष्टा–सम्मान, कृति–लोकार्पण तथा रचना–वाचन, विभिन्न गोष्ठीपत्र प्रस्तुत गरिएको आयोजकले जनाएका छन । प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्राध्यापक डा.कपिलदेव लामिछानेको अध्यक्षता सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा साहित्यकार कविता पौडोलको अजिमा नामक उपन्यास तथा वुटवल बहुमुखि क्यम्पसका उप प्रध्यापक तथा लेखक सालीक राम पौडेयाल को रुपन्देहीका प्रवन्ध काव्या नामक कृती लोकार्पण गरिएको थियो । कार्यक्रममा साहित्यकार हरुले आफ्ना रचवा वाचन समेत गरेका थिए ।