10 Falgun, 2074 | 22 February, 2018 Thursday


तीतोपाटी डटकम- लुम्बिनी समाज नेपाल कुवेतले सुनुवल नगरपालिका ८ का मृगौला पीडित तेजबहादुर गुरुङलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।

समाजका महिला उपाध्यक्ष शान्ता भण्डारीको अगुवाईमा कुवेतबाट संकलित रकम ६३,१५१/- (त्रीसठ्ठी हजार एक सय एकाउन्न) रुपैयाँ हिजो ५ माघमा उक्त रकम मानव अंग प्रत्यारोपण केन्द्रमा पीडित गुरुङलाई हस्तान्तरण गरेको समाजका पुर्वअध्यक्ष तथा संरक्षक एच.पि. खत्रीले जानकारी दिएका छन।

समाजले केहि समय अगाडि मात्रै पनि बिरामी तारा थापाको सफल उद्धार गरेको र हाल कुवेतको अस्पतालमा उपचाररत भगिराथ चापागाईंको उद्धारमा नैतिक तथा भौतिक रुपमा निरन्तर लागि परिरहेको तथा भागीरथ बचाउका लागि अझै आर्थिक सहयोग पर्याप्त नभएको बताइ रहेको छ।  

कुवेतमा सक्रिय रुपमा सामाजिक कार्यमा रहेको लुम्बिनी समाज नेपाल कुवेतको स्थापनाकालदेखि नै कुवेत तथा नेपालमा विभिन्न प्रकृतिका बिरामी र प्राकृतिक प्रकोपबाट समस्या परेका पीडितहरुलाई सहयोग गर्दै समाजमा छुट्टै परिचय बनाउन सफल भएको संस्था मानिन्छ ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ