8 Jestha, 2075 | 22 May, 2018 Tuesday

हरि कृष्ण न्यौपाने-कुवेतको सबै भन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेतले बिगत डेढ दशक देखी हरेक बर्ष आयोजना गर्दै आएको एमबी बम्जन गोल्डकपको १६ औ खेल आगामी १६ र २३ फेब्रोवरीका दिन खेलाइने भएको छ।

सन २०१५ नोभेम्बरमा एमबी बम्जन गोल्डकपको १५ औ खेलको बेला खेल मैदानमै नेपाली-नेपाली बिच झगडा भई केही असामान्य अबस्था श्रीजना भए पछी गोल्डकप अनिश्चित समयको लागि स्थगित गरिएको थियो।

माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेतका सचिब डम्बर रिमालले तीतोपाटी डटकम सँग भने" कुवेतमा रहेका नेपाली फुटबल खेलाडिहरु र खेल प्रती मोह राख्ने सम्पूर्ण फुटबल प्रेमिहरुको अनुरोधका कारण क्लबले अनिश्चित समयको लागि स्थगित गरेको गोल्ड कपलाई पुन:सन्चालन गर्न लागेको हो।"उनले थपे" खेलको माध्यमबाट सबै नेपालीहरुलाई एकतामा जोड्न क्लबले आयोजना गर्दै आएको यो गोल्ड कपलाई कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ्-संस्थाहरु, खेलाडी, कलाकार र सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुको साथ-सहयोग रहनेमा हामी आशाबादी छौ।"        

आगामी फेब्रोवरी १६ शुक्रवार र फेब्रुअरी २३ शुक्रवार-२०१८का दिन बिहान ९ बजे देखी बेलुकी ५ बजे सम्म कुवेतको फाहाहिल स्थित सुक सभा  फुटबल मैदानमा खेल सम्पन्न हुने छ।खेलको लागी कुवेतको खेलकुद मन्त्रालयबाट पनि स्विकृती लिइ सकेको क्लबले जानकारी गराउदै आ-आफ्नो ठाउँबाट खेललाई भब्य, सब्य र शान्त रुपले सम्प्पन गर्न-गराउन कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई अबहान गरेको छ।

कुवेतको नेपाली समाजका अबिभाबक राजेन्द्र तामाङ बम्जनले आफ्नो बुवाको नाममा स्थापना गरेको एमबी बम्जन कपमा प्रथम र दितिय हुने टिमलाई  नगद,ट्रफी, मेडल र प्रमाण पत्र दिईने छ भने खेल अबधीमा बिभिन्न बिधामा उत्कृष्ट खेल्ने खेलाडि र टिमलाई पनि पुरस्कारको ब्यबस्था गरिने छ।