8 Falgun, 2074 | 20 February, 2018 Tuesday

हरि कृष्ण न्यौपाने - सिन्धुपाल्चोक इचोक-२ किउल घर भई कुवेतमा काम गर्दै आएकी ३३ बर्षिय कर्मु तामाङ बेबारिसे र बेसुर अवस्थामा जनावरी १४ तारिक राती कुवेतको मङ्गाफमा फेला परेकी छिन । उनी केही समय देखी परिवार सँग बेखबर रहेकी र उनको खोजी भई रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

कल्याणकारी युबा समाज कुवेतका अध्यक्ष निरज ठकुरीले तीतोपाटी डटकम सँग भने " कर्मुलाई बोल्न पनि नसक्ने अवस्थामा हामीहरु बस्ने ठाउँ नजिकै जनवरी १४ तारिक राती भेटिएको हो । एक घरको हरिस(सेक्युरिटी )ले नेपाली महिला बेबारिसे फेला परेको भन्ने जानकारी आए पछी हामीले उनलाई उद्दार गरेर नेपाली दिदिबहिनीहरु बस्ने ठाउँमा पुर्याएका हौ। निरजले थपे" केही बोल्न नसक्ने र मलाई मार्न आयो मात्र भनेर बर्बराइ रहने कर्मुको साथमा रहेको झोला हेर्दा उनको नागरिकताको कपी र केही सम्पर्क नं भेटिएको छ। फेला पारीएको नाममा सम्पर्क गर्दा कुवेतमै घरमा काम गर्ने कर्मुकी फुपु माया सँग सम्पर्क  भएको र उनी केही समय देखी हराएकी र उनको खोजि गर्दै रहेको कर्मुको फुपुले बताईन । "

यसै बिच कर्मुलाई नेपाली दुताबास कुवेतमा पुर्याइदै छ भने नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले कर्मुको बारेमा सत्य, तथ्य  बुझेर आबश्यक परे अस्पताल पनि लैजाने बताए । 

प्राप्त नागरिकताको आधारमा सिन्धुपाल्चोक इचोक-२ किउलकी कर्मुको नागरिकता नं-६१-०११३ रहेको छ भने बिस २०६९-२-२९ मा उक्त नागरिकता जारी गरिएको छ। उनी गिर्मे तामाङ्की छोरी र स्याङ्बो तामाङको श्रीमती रहेको नागरिकताले प्रस्ट पारेको छ ।