9 Magh, 2074 | 23 January, 2018 Tuesday

तीतोपाटी डट कम - बुङ्दीकाली गाउपालिका नवलपरासीले प्रथम चौमासिक अवधिको एक कार्यक्रमका  साथ आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्ष्तामा भएको कार्यक्रम आर्थिक वर्ष ०७४/७५ को पहिलो चरणको सम्पन्न योजना र कार्यक्रमको सेवा प्रदायक र सेवा ग्राहि जनता बिच सार्वजनिक सुनुवाई गरेको हो । 

वडा नम्बर २ डेढगाउका वडाध्यक्ष बाल प्रसाद ठाडाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सेवा ग्राहि र जनताले उठाएका जिज्ञासा र प्रश्नको सम्बन्धित वडाका वडाध्यक्ष र वडा सचिवले उत्तर दिदै जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रममा गाउपालिकाका प्रसाशकिय प्रमुख कृष्ण प्रसाद ज्ञवाली,लेखा प्रमुख शेषकान्त ढकाल,स्वास्थ्य शाखा संयोजक टोपकान्त अधिकारी,पशुसेवा शाखा संयोजक छत्र बहादुर कुमाल,कृषि शाखाका प्राबिधिक प्रतिभा बिकले सम्बन्धित कार्यालयबाट चौमासिक अवधिमा प्रवाह गरिएको सेवा, योजना र कार्यक्रमको प्रतिबेदन प्रस्तुत  गर्नु भएको थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा यस बुङ्दीकाली गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष ६ वटै वडाका जनप्रतिनिधि, वडासचिव, बिषयगत कार्यालयका प्रमुख, स्थानिय बासिन्दाको सकृय सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम गाउपालिकाको कार्यालय डेढगाउमा भएको हो।