12 Baishak, 2075 | 25 April, 2018 Wednesday

तीतोपाटी डटकम- बिगत केही बर्ष देखी कुवेतलाई कार्यथलो बनाउदै आएकी सिम्रन मोक्तान तामाङको तेश्रो एल्बम“गाउँकी मेरी माया”को अडियो एल्बम सार्वजनिक भएको छ।

सिन्धुपाल्चोक मार्मिङकी श्रजक सिम्रन मोक्तान तामाङले तामाङ समुदायको महान चाड २८५४औं खि नकि कुकुर बर्ग राष्ट्रिय सोनाम ल्होछारको संघारमा “गाउँकी मेरी माया”एल्बममा वर्षौ भयो ल्होछारमा नाच्न गाउँन नपाको" गीतको अडियो सार्वजनिक गरेकी हुन।गीतमा बिदेश बस्दाको समयमा आउने चाडपर्बका बेलामा मनमा लाग्ने खल्लोपन अनी "आफ्नै भाषा आफ्नै भेष-फैलाउन पर्छ यही सन्देश" जस्ता मर्म स्पर्षी शब्दहरु सेलोमा ढालिएको छ।

भर्खरै सार्बजनिक भएको यो अडियो गीतमा सिम्रन मोक्तान र प्रीया तामाङको शब्द रहेको छ भने वरिष्ठ सेलो गायक तथा संगितकार विश्व दोङको सङ्गीत रहेको छ।विशाल पाख्रीन र जितु लोप्चनको आवाज रहेको यस गीतलाई माया लामा, लक्ष्मी ब्लोन तामाङ र माया तामाङले निर्माणमा विशेष सहयोग गरेका हुन।

गीत-संगीतमा राम्रा र जीवन भोगाइका जिबन्त शब्द संकलन गर्दै आएकी मोक्तानको नेपाल आमाकी छोरी म त, मलाई सम्झी हे आमा लगायतका गीत चर्चामा रहेका छन ।