9 Magh, 2074 | 23 January, 2018 Tuesday

तीतोपाटी डट कम- हातमा हरियो पासपोर्ट, मनभरी कमाउँछु भन्ने सपना परिवारको उज्वल भविष्य बनाउने सपनाको आँधीले उडाएर सिन्धुलीका जगत आलेमगरलाई साउदी पुर्‍यायो

पराई देशमा भएपनि कमाउने मान्छे हुँदा घरमा हुनेले पनि सपना बुनेका हुन्छन् कमाउन परदेशिने घरमा बस्नेका सबैको सपना पूरा हुन दिँदैन वैदेशिक रोजगारीले

सोचेजस्तो नहुँदा धेरैले ज्यानै गुमाउँछन् नियतीले जगतले पनि त्यही ठाउँमा पुर्‍यायो श्रीमानले किन आत्महत्या गरे भन्ने जगतकी श्रीमती बुद्धमायाले अहिलेसम्म पत्तो पाउनु भएको छैन जगतले साउदीमा के काम गर्थे, कति कमाउँथे, त्यो पनि उहाँलाई थाहा छैन


पाँच जना छोराछोरी घरव्यवहारको जिम्मेवारी सुम्पिएर हिँडेका श्रीमानले किन आत्महत्या गरे ?’ बुद्धमायाको मनमा प्रश्नै प्रश्न छन् कारण भने अनुमान लगाउनु बाहेक अरु केही छैन


उनीहरुको बिचमा नराम्रो नै थियो पैसा कमाइनस् भने उहाँले कचकच नै गर्नुभयो पाँच महिनादेखि कम्पनीको काम सकिएर यतिकै बसेका थिए जगत विदेशमा कमाइहुन्छ भनेर हिडेका श्रीमानलाई विदेशले नै मर्न बाध्य बनायो जस्तो लाग्छ उहाँलाई जनाको एक्लो साहारा जगतले आत्महत्या गरेपछि बुद्धमायाको जीवनमा आपत आइलाग्यो


बुद्धमायाका व्यथा उहाँकै शब्दमा


२०७३ माघको कुरा हो गाउँमा बिहे थियो बिहेमा जानका लागि सेलरोटी पकाउँदै थिएँ छोरीको मोवाइलमा घण्टी बज्यो फोन रहेछ साउदीमै भएका साईंला देवरको


देवरले त्यती धेरै फोन गर्दैन थिए छोरीले काकाको फोन उठाइन् फोनमा देवरको आवाज रोएको जस्तो लाग्यो आनाकानी गर्दै बोलिरहेका थिए मसँग पनि बोल्नुभयो


भाउजु दाइसँग झगडा भएको थियो ?’ देवरले सोध्नुभयो मैले छैन भनेँ मेरो श्रीमान् (जगतबहादुर आलेमगर) पनि साउदी बस्न थालेको वर्ष भइसकेको थियो हाम्रो फोनमा त्यती धेरै गफ हुँदैन थियो त्यही पनि त्यस्तो झगडा हाम्रो कहिले पनि पर्दैन थियो


देवरले किन यस्तो कुरा सोधे भनेर मन झस्कियो एकैछिन बोलेपछि देवरले दिएको खबरले भने मैले पत्याउन सकेँ होइन भनेर नकार्न खबर थियो, ‘मेरो श्रीमानले साउदीमा आत्महत्या गरेको


असोजदेखि कम्पनीको काम सकियो भन्दै क्याम्पमा बसेको छु भन्नुहुन्थ्यो झण्डै पाँच महिनादेखि काम नगरी बसेकाले उहाँ तनावमा हुनुहन्थ्यो तर त्यस्तो गर्नुहोला भनेर हामीले सोचेका पनि थिएनौ


पाँच जना छोराछोरी घर व्यवहार मेरो काँधमा थामेर कमाउन गएको मान्छेले किन हार खाए छक्क परे झण्डै वर्ष बित्न लाग्यो उहाँले आत्माहत्या गर्नुभएको मैले किन उहाँले आत्माहत्या गर्नुभयो भन्ने जवाफ पाउन सकेको छुइन

बिहे गरेको २१ वर्ष भयो हामीबीचमा कहिले नराम्रो भएन कहिले उहाँले मलाई गाली पनि गर्नुभएन त्यस्तो मान्छेले अर्काको देशमा आत्माहत्या गरे भनेको खबर सुन्दा मलाई विश्वास नै लागेको थिएन


सत्य विश्वास नगरेर के हुन्थ्यो तीन महिनापछि लाश आयो काठमाडौंमै सदगत गरियो त्यतीबेला मैले जाने आँट गरिन तब मात्रै हो कि जस्तो लाग्थ्यो अहिलेपनि एक मनले केही भएको छैन होला फर्किएर आउनुहुन्छ होला जस्तो लागिरहन्छ


उहाँले पो आफ्नो ज्यान फालिदिनुभयो त्यो पनि काम नगरी बस्नुपर्‍यो भनेर तर उहाँले आत्महत्या गरेपछि माथि आइपर्ने समस्या पीडाको हेक्का राखेको भए सायद त्यस्तो गर्नुहुन्नथ्यो कि


उहाँ आनन्दले निदाएर फर्कनुभयो छोराछोरीका आँशु हेर्न, अभाव हेर्न कहिले ब्युँझिनु परेन मेरा हातका चुरा ¥याम्म फुट्दा छोराछोरीका पनि सपना टुटे यस्तो गरौंला, यसरी घर चलाउँला भन्ने हाम्रा आँट पनि गले


घरमा आम्दानीको स्रोत केही छैन कमाउने सिङ्गो मान्छे उहाँ मात्रै हो पाँच जना छोराछोरी, उनीहरुको पढाइ, लवाइखवाइ मैले कसरी गर्ने हो मन आत्तिए सम्हाल्नै नसक्ने भएको थियो

छोराछोरी हुर्किएका थिए ऋण लागेपनि दिन नलागोस् भन्छन् के थियो घर फर्किएको भए बनिबुतो गरेर भएपनि घर चल्थ्यो उहाँको हारले हामी सबैलाई बेसहारा बनायो


उहाँ विदेश जानु अघि हामी परिवारमा सबैजना सँगै बस्थ्यौ त्यही वर्ष घरबाट छुट्टिदा ऋण लाग्यो खाना पकाउने भाँडा थिएन बस्ने खानेको बन्दोबस्त मिलाउँदा, बस्तुभाउ किन्दा एक लाख ३५ हजार ऋण पुग्यो विदेश नजादा ऋण तिर्ने अर्को विकल्प पनि भएन


उहाँ विदेश जानुभयो वर्षमा पुगेपछि घरविदामा आउनुभएको थियो त्यतिन्जेलमा उहाँले ऋण तिर्नुभयो लाखमा एक कठ्ठा खेत पनि किन्यौं तर घर विदाबाट फर्किएपछि भने उहाँले त्यति कमाउनुभएन खै गर्ने भयो के अन्तिममा ज्यानै फलिदिनुभयो


  केही समय पागल जस्तै भए छोराछोरीले सम्झाए उनीहरुको मुख हेरे चित्त बुझ्यो जस्ता धेरै देखेँ तर कालगतीले मरेको भए पो जस्तो लाग्छ हामीदेखि हारेर त्यसो गरेजस्तो लागछ


साभार: उज्यालो