12 Baishak, 2075 | 25 April, 2018 Wednesday
इमो कल को नशा (कविता)
2018-01-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम
कताबाट भेटियछ नयाँ नयाँ साथी
च्याट गर्दा ढिलो हुन्छ इमो कल जाति 
बोली मिठो जादुगर मोहनी नै लाउने
मिठो मिठो कुरा गर्दै हेर्न पनि पाउने
रस लाग्छ कुरा गर्दा हेर्दाहेर्दै हासो
पिरतिमा फसियछ भयो गलापासो
अघि बढ्ने ठाउ छैन पछि हटे भिर
भिडियो मा दिल बस्यो मन भरी पिर
भिडियो मा हेर्नुपर्ने नत्र गाह्रो हुने
नशा लागे जस्तो हुने नत्र सारो हुने
घुटुघुटु थुक निल्यो मीठो कुरा गर्यो
इमो कल भिडियो ले गर्नु सम्म गर्यो

   रचनाकार 
   छवि राम सुनार ( निर्दोष )
    डेढ गाउले भान्जा
     बौदिकाली 2 नवलपुर 
      हाल कुवेत