12 Baishak, 2075 | 25 April, 2018 Wednesday

तीतोपाटी डट कम- समृद्ध नेपाल सुरक्षित भविष्यको सपना देखेका एनआरएनहरुले विभिन्न माध्यमबाट नेपालमा अर्बै रुपैयाँ लगानी गरी सकेको हाइड्रो पावर, बैंकिङ क्षेत्रमा लगानी भइरहेको जसले थोरै भने पनि नेपालमा रोजगारीको श्रृजना गरेको तर मध्यपूर्वमा रहेका एनआरएनहरु यसमा सहभागी हुन नसक्नु या नगराइनु तितो यर्थात पनि हामी माझमा मध्यपूर्वमा कार्यरत प्रवासी नेपालीहरु आज पनि आफुलाई एनआरएन भन्न मन पराउदैनन् जब की यस प्रकारको अन्तराष्ट्रिय संस्थाको सबै भन्दा जरुरी मध्यपूर्वमा बस्ने नेपालीहरुलाइ नै अझ यस संघको दुबइ भेला २०११ ले अघि सारेको सामुहिक लगानीको अवधारणा अरु महत्वपूर्ण तर पनि यस बारेमा स्वयं संघका राष्ट्रिय समन्वय परिषद कै पदाधिकारी यस धारणा यसका दुरगामी फाइदाको बारेमा अनभिज्ञ छन् भन्दा अत्युक्ति  हुदैन यसका विविध कारणहरुछन् जसलाई आइसीसी नत एनसीसीका पदाधिकारीले ध्यान दिन सकेका छन्

 

एनआरएनको बारेमा गलत धारणा


 हामी हरीयो पासपोर्ट बोकेर आएका हौं  हामी या हरियो पासपोर्टमा नै स्वदेश फर्किन्छौं या बाकसमा हामी करिब २० लाख नेपाली खाडीमा कार्यरत भएपनि नेपाल सरकारका कर्मचारी तथा युरोपेली एनआरएनहरुको हामीलाइ हेर्ने दृष्टिकोण नै फरक त्यसैले मध्यपूर्वमा कार्यरत नेपालीहरु आफुलाई गैर आवसीय नेपाली नै मान्दैनन् साथै यो संस्था धनीहरुको मात्र संस्था हो भन्ने भान पनि नराम्रो संग परेको तर यस प्रकारको गलत धारणा मेटाउने कहिं कतैबाट प्रयास सम्म भएको छैन त्यसैले आज लगभग प्रतिशत जति मात्र मध्यपुर्वमा कार्यरत नेपालीहरु यस संघमा आबद्द भएका छन्


त्यसैले अब सुरक्षित वैदेशिक रोजगार वैदेशिक रोजगारी सम्बन्धि मुद्दालाई प्रमुखरुपमा खाडीका एनसीसीहरुले उठाउन पर्नेहुन्छ नेपालको विमानस्थल देखि नै खाडीमुलुकमा काम गर्न जाने एनआरएनहरुलाई सम्मान अवसर प्रदान गर्ने अवसर बनाउन पर्ने हुन्छ नत्र अहिलेको जति पनि सहभागिता रहनेछैन खाडी मुलुकबाट किनकी जुनकुराको जरुरी छैन त्यसमा लागिरहनु फगत समय पैसाको बर्वादी मात्र हो भन्ने बुझाई मध्यपुर्वका आम एनआरएनहरुमा पर्ने

 

युरोपेली एनआरएनहरुको प्रमुख माग दोहोरो नागरिकताको लागी स्थापना काल देखि नै खाडीका एनआरएनहरुले हरप्रकारले सहयोग गरेकै हुन् अब खाडीमुलुकका एनआरएनहरुलाई पनि सहयोगको जरुरी तर सहयोगको नाममा केही आर्थिक सहयोग होइन सुरक्षित वैदेशीक रोजगारी वैदेशिक रोजगारीकोको सुरक्षित अवतरण एवं स्वरोजगार मुलक सामुहिक लगानीमा सहभागी गराउन पर्ने हुन्छ

 

सामुहिक लागानी

 

भर्खरै मात्र पनि १० अर्व एनआरएनले लगानी गर्ने सम्बन्धमा नेपाल सरकारसंग छलफल हुनु अत्यन्त सकरात्मक कुरा हो यस प्रकारको लगानीमा मध्यपूर्व तथा मलेसियाका एनआरएनहरुलाई कसरी सुनिश्चितता प्रदान गर्न सकिन्छ यस बारेमा छलफल बहस अहिलेको आवश्यकता हो यस प्रकारका छलफल बहसका लागी मध्यपूर्व संयोजक, उपसंयोजक, एनसीसी अध्यक्षहरुले पहल गर्नु पर्ने हुन्छ अन्यथा फेरी पनि मध्यपुर्वका एनआरएनहरु हात्तिको देखाउने दाँत मात्र हुनेछ एनआरएनको बृहत सञ्जालमा बाँधिनबाट बञ्चित हुने

 

अर्वको लगानीको कुरा मात्र गर्दा मध्यपुर्वमा कार्यरत स्वाभिमानी नेपालीहरु हच्किनु स्वभाविक हो किनकी अत्याधिक परिश्रम गरेर सुन्दर भविष्यको लागी बचाएको सानो रकमको लगानी कर्ताको के कस्तो हैसियत अधिकार रहने हो अनुत्तरीत हुन्छ अन्तराष्ट्रिय सम्मेलनमा भएको जस्तो भेदभाव यस प्रकारको सहभागितामा पनि हुने डरले मध्यपूर्व मलेशिया जस्ता ठाउँमा कामगर्ने नेपालीहरुबाट लगानी उठाउन असम्भव प्रायः हुन्छ यसका लागी साना तथा मझौला परियोजना पत्ता लगाई लगानीको वातारण बनाउन पर्ने हुन्छ अहिलेको खाडी मुलुकको अवस्था हेर्दा अबको वर्षमा धेरै नेपालीहरु नेपाल फर्किन पर्ने देखिन्छ


त्यसैले पनि धेरै भन्दा धेरै यस प्रकारको परियोजना मध्यपुर्वबाट गर्नु पर्ने हुन्छ जहाँ वैदेशिक रोजगारीको अन्त्य पछिको स्वरोजगार एवं सम्मानजनक जीवनको सुनिश्चितता रहोस् यसै बिषयलाई मध्येनजर गरेर एनसीसी कुवेतले पनि यसप्रकारको परियोजनाको संयोजन गर्न लाग्नु अत्यन्त हर्षको कुरा हो अहिले एनसीसी कुवेतद्वारा अध्यन छलफल भइरहेको आई टी स्मार्ट कृषि सम्बन्धि परियोजनामा कुवेतका धेरै भन्दा धेरै कुवेतवासी नेपालीहरु सहभागी हुने कुरामा आशावादी रहेको छु

 

मास्के गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतका वर्तमान सल्लाहकार तथा एनआरएनए ओमानका पूर्वमहासचिव हुन्