9 Magh, 2074 | 23 January, 2018 Tuesday
गजल − कमला सुनार
2018-01-10 | तीतोपाटी डट कम

बग्न जाने पानी संग खोली हो रे जिन्दगानी
केही मीठो केही तितो बोली हो रे जिन्दगानी ।

सुख मात्रै खोज्दै हिड्छ्न कर्म गर्न छोडी
आज गर्न नसक्ने लाई भोलि हो रे जिन्दगानी ।

शान्ति र प्रेमको बाटो  बिर्सी गए पछि
रातो रगतमा खेलिने खेल हो रे जिन्दगानी ।

माया गर्‍यो प्रेम गर्‍यो खालि हात रहयो
बिना कारण बिस्फोट हुने गोलि हो रे जिन्दगानी ।

बाचुन्जेल गरि खाने भाडो पनि फुटे पछि
अन्तिम पल्ट मागी खाने झोली हो रे जिन्दगानी ।।

कमला सुनार 

बाग्लुङ