11 Baishak, 2075 | 24 April, 2018 Tuesday
डोल्पामा भीषण आगलागी
2018-01-10 | तीतोपाटी डट कम

तीतोपाटी डट कम- डोल्पाको मुड्केचुला गाँउपालिका को होर्त गाउँमा बुधबार साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन्


आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए


प्रहरी विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले बताए आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको घटनाबारे थप विवरण आउन बाँकी रासस