11 Baishak, 2075 | 24 April, 2018 Tuesday

गजल

आज मनमा कौतुहलता, भित्र-भित्रै जागि रह्यो,
डा. केसी पक्राउ पर्दा, हाम्लाई पिर लागि रह्यो।

राम्रो मान्छे हैन देशमा -हाम्रो मान्छे चल्ने र"छ 
त्यसैले त अदालतले बयान उनलाई मागी रह्यो।

केसी मात्र होइनन हजुर, अझ राम्रा फस्ने डरछ,
बिकृतिका बिरोध गर्ने सरकारको बागी रह्यो।

शोषित,पीडित उत्पिडितको अझ हालत उस्तै,
अत्याचारले सिमा नाघ्यो, न्याय सधै भागी रह्यो। 

डा. केसीको सम्झनामा 
लेखक नेपाल पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हुन् ।