9 Magh, 2074 | 23 January, 2018 Tuesday


फर्किआऊ परदेशी
- सपना कोइराला 
परदेशी छोरा आऊ भन्दै आँसु झारिन।
लौन मेरि आमा आज  छटपटिमा परिन।
चिस्सिदैछ सरिर उनको घटदै छ धडकन पनि,
थप्दै छु ब्लान्केट म तर न्यानो काखको विलौना गरिन।

आत्तिएर छेउमै बसि सुम्सुमाउदा मैले,
कठै बरा नेपाल आमा मन्द मुस्कान छरिन।
प्रदेशी सन्तानको न्यानो काख खोज्दा ,
तिम्लाइ पिडा होला भनी हासेर पो टारिन।        

हिजो जस्तै आज पनि रुदै छिन उनि,
फर्की आउ ए प्रदेशी आमा ओछ्यानमा परिन।
धन कमाउने आश मा जब प्रदेस लाग्यौ,
अझै कति तडपाउछौ उनि तिम्रो बिदाइकै पल मरिन।

बुढेसकालको शरीर  दमले च्याप्दै जादा,
तिम्रो आभास अनि काख खोल्दै अलि पर सरिन।
तातेताते कोखाइ कोखाइ गर्दै हुर्काउदा,
तिम्रो खुशी खोज्न उनि कति दुख हरिन।

एकमुठी सास अनि तिम्लाइ सुम्सुमाउने आश,
आउन प्रदेसी तिम्री आमा ओछ्यानमा परिन।
साहारा देउ छोरा भन्दै छिन नेपाल आमा,
तिम्रो काख देउ ए प्रदेसी आमा चिस्यानमा परिन ।

पुतली बजार, स्याङ्जा