9 Magh, 2074 | 23 January, 2018 Tuesday
हामी किन संघीयता चाहदैनौ
2018-01-09 | तीतोपाटी डट कम

बसन्त थापा-  संघीयता के हो, कस्तो प्रकारको मुलुकमा संघीयताको जरुरत हुन्छ।
कस्तो देशमा संघीयता नभई नहुने बाध्यता हुन्छ र कस्तो ठाउँमा संघीयता अनावश्यक र प्रत्युत्पादक ठहर्छ, नेपाल कस्तो देश हो र यसको लागि संघीयता कति उपयोगी छ।

 केन्र्दीय सभाका संसदहरूको एऊटाको ३५००० हजारको दरले तलब हीसाब गर्ने हो भने, ६०१ को महीनामा २१०३५००० हुन आउछ भने सोही अनुसार वर्षमा २५२४२०००० हुन्छ। त्यसैगरी यिनिहरुले महीनामा करीब ६५००० हजार बराबरको सामान्य सुबिधा भोगचलन गर्छन यस अनुसार जादा महिनामा ३९०६५००० हजार र बर्षमा ४६८७००००० हुन्छ। बार्षीक उपचार खर्च कम्तीमा ५००००००००भ्रमण खर्च ५०००००००० बिदेसी समकक्छीलाई स्वागत खर्च ५०००००००० यिनीहरुको राजनितिक घटनाक्रममा मृत्यु हुनेलाई राहत खर्च ५००००००० यो सबै हिसाब गर्दा बर्षमा १३७११२०००० हुन्छ भने योजनाबाट खर्बौ कमिसन करबाट अर्बौ घोटाला यो सबै हीसाब गर्दा अार्थीक बर्षको एक तीहाई बजेट केन्द्रीय सरकारले सिद्ध्याउछ।

आर्थीक बर्षमा उपलब्धी सुन्य हुन्छ, निर्यातको ५ गुणा आयात हुन्छ त्यसमा पनी आधा भन्दा बढी कर छली हुन्छ कृषी उत्पादन न्युन छ उर्जामा पर निर्भर छ। जलस्रोत काम लगाउन सकिएको छैन भने देशलाई प्रदेश संरचनामा लगेर केन्द्र लगायत सात संघीय राज्यका हजारौ संसदलाई पाल्ने बजेट कहाबाट ल्याउछन र कसको भन्डारबाट व्यहोर्छन, आर्थिक बर्षमा हुन आउने अधीकतम बजेटको आधा हीस्सा बिदेशी सहयोग र आधा रेमिटान्स र राजस्वले धानेको छ।

भने अब सात संघिय राज्यको खर्चको हिसाब गर्दा कती हुन आउछ र त्यसको स्रोत कहा छ त्यसको मात्र स्रोत बिदेशी सहयोगमा भर पर्छ, एउटै सरकार हुदा त बर्षेनी नेपालीको थाप्लोमा रिण थपिरहेको छ। भने अब संघियताले कति रिण थप्ला हिसाब गरेर सोच्नुस त देशलाई संघियतामा लानु कत्तीको जायज हो नेपालको हकमा यो त केवल नेपालीलाई रिणमा चुर्लुम्म डुबाई नेपाल बिदेशिलाई हस्तान्तरण गर्ने र नेपालीलाई शरणार्थिको जिवन बिताउन बाद्ध्य बनाउने खेल मात्रै हो ।