9 Magh, 2074 | 23 January, 2018 Tuesday

तीतो पाटी डट कम- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भौगोलिकरुपमा नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई अहिलेको पुस्ताले भुल्न नहुने सम्मान गर्नुपर्ने बताएका छन्

शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा पोखरेललेइतिहासलाई बिर्सेर आफूलाई कम्युनिष्ट हुँ भन्न नसुहाउनेउल्लेख गरे


पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्ने पनि उनले बताए


इतिहासका राम्रा कुरालाई निरन्तरता दिँदै सम्मान गर्न आफ्नो पार्टी सधैं तयार रहेको उनको भनाइ थियो

पृथ्वी अभियन्ता भरत बस्नेतले सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाउने घोषणा गरेपनि पृथ्वीजयन्ती नराख्नु उचित नभएको बताए


अहिलेको पुस्ताले पृथ्वीनारायण शाहलाई बिर्संदै गएको भन्दै उनले अब घरघरमा राष्ट्रभाव जगाउनुपर्ने उल्लेख गरे