9 Magh, 2074 | 23 January, 2018 Tuesday
हरी कृष्ण न्यौपाने- म्याग्दी बेनी नगरपालिका १०-का ज्ञानेन्द्र शर्माले कुवेतको लागि तेश्रो श्रम सहचारीका लागि जिम्मेवारी सम्हाल्दै कार्यभार शुरु गरेको २ हप्ता हुन लाग्यो।डिसेम्बर-२० तारिक, २०१७का दिन देखी कुवेतलाई आफ्नो पररास्ट्र सेवाको पहिलो गन्तब्य बनाएका शर्माले आफ्नो शुरुवाती दैनिकीका आधारमा कुवेतमा नेपाली घरेलु महिला कामदारहरुका मुद्दानै बढी जटिल रहेको बताएका छन। 

बिस २०५३ देखी निजामती सेवामा प्रबेश गरेका शर्माले म्याग्दीबाट सेवा शुरु गर्दै कृषि मन्त्रालय,अर्थ मन्त्रालय हुँदै बिरगंज कर कार्यालय मार्फत जन सेबाका काम गरे। बिस २०६८ साल देखी श्रम तथा रोजगार मन्त्रालय हुँदै पररास्ट्र मन्त्रालय अन्तर्गतको सेवा सम्म आइपुग्दा निजामती सेवामा २१ बर्ष जन सेवामा समर्पित भई सकेका शर्मा बैदेशिक रोजगारीका बारेमा बढीनै जानकार छन।लगातार बैदेशिक रोजगारीका अबसरहरु,चुनौतिहरु, समस्याहरु र समाधानका पहलहरु सँग परिचित शर्मा आफ्नो कुवेत सेवाका क्रममा पनि कुनै कमी नराख्ने बताउछन। 

तीतोपाटी डटकम सँग कुरा गर्दै शर्माले भने"लामो समय देखी बैदेशिक रोजगार र रोजगारीका क्रममा आइपर्ने आपत-बिपत, राहत, उद्दारका काममा सिकेका सबै अनुभबलाई सदुपयोग गर्दै कुवेतमा रहेका सके सम्म धेरै नेपाली कामदारहरुको समस्या समाधानमा लाग्ने छु।मैले क्रमिक रुपमै योजना बनाएर कुवेतमा रहेका सम्पूर्ण नेपाली सघ्-सस्थाहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु,नेपाली दुताबास, पररास्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय,बैदेशैक रोजगार बिभाग, बैदेशिक रोजगार प्रबर्धन बोर्ड लगाएत सरकारी तथा सम्बन्धित निकायहरुको एेन,कानुन,निती-नियम तथा निर्देशन र साथ सहयोगमा सके सम्म कुवेतमा कार्यरत नेपालीहरुको सेबा-सुबिधालाई बढाउन प्रयत्न गर्ने छु।"उनले थपे सके सम्म नेपाल र कुवेत बिच दिपक्षिय सम्झौता(Bi-Lateral--Agreement)का लागि प्रयत्न गर्ने छु।"

नेशनल खराफी कम्पनीमा ठुलो संख्यामा नेपाली कामदारहरुको बिचल्लीलाई कार्य सम्पादनको शुरुवाती चुनौतीका रुपमा लिदै शर्माले भने कुवेत आएकै दिन देखी समग्र कामदारहरुका समस्या र समाधानमा लागि रहेको छु। करिब २ हप्तामै करिब ४ दर्जन कामदार फर्काउन सकिएको र सबैको साथ-सहयोग यसरी नै रहने हो भने अन्य बिचल्लीमा परेका नेपाली कामदारहारु छिट्टै फर्कन सक्ने छन।शर्माले घरेलु महिला कामदारहरु बढी नेपाली एजेन्टबाटै आएको देखिएको र यदी कुनै पनि आफुले ल्याएका घरेलु महिला कामदार समस्यामा पर्दा स्वयं एजेन्टले जिम्मेवारी लिदै उद्दार गरेमा समस्या काम हुने बताए।उनले थपे"कुनै पनि घरेलु महिला कामदारहरुलाई समस्या परेमा सिधा उसले काम गर्ने कुवेतीकै घर सम्म गएर उद्दार गर्न नस्किने हुँदा यदी सम्बन्धित कुवेतिले सहयोग नगरेमा समस्याहरु झन जटिल हुने गर्दछन।"

अहिले आफु कुवेतमा काम गरिरहेका घरेलु र संगठित क्षेत्रका सबै पुराना र नयाँ नेपाली कामदारहरुको अभिलेख खोजी कार्ययोजना बनाउदै गरेको बताउने शर्मा भन्छन, तपाईंहरु सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनीहरुले आ-आफ्नो ठाउँबाट दिने सही सुचना र हातेमालोले कुवेतमा रहेका नेपालीहरुको समस्या न्युनिकरणमा सहयोग मिल्ने छ। 

श्रम-सहचारी शर्माले नेपाली समुदाय कुवेतको सहयोग र सहकार्यमा कुनै पनि समस्याहरुलाई बैधानिक, बैकल्पिक र सम्भ्भाबित उपायहरुको माध्यमबाट समाधान गर्न आफु कृयाशिल रहने बताए।शर्माले कुवेतमा कार्यरत नेपालीहरुलाई कुवेतमा कार्यरत रहदाको अबधी भित्र कुवेतको कानुनको पालना गर्दै यहाँको कानुनले बर्जित गरेका कुनै पनि गैर्ह-कानुनी कृयाकलापमा संलग्न नहुन अनुरोध गर्दै नेपाल र नेपालीको गरिमा बढाउन सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न अपिल गरे।