11 Baishak, 2075 | 24 April, 2018 Tuesday

बसन्त थापा - जानी जानी गरेका गल्ती हरुमा आत्मिक माफ माग्न सक्दैन मान्छे । मानिसले  मन्दिरमा घण्टी बजाउन र दोबाटोमा पाप गर्न छोडेको छोइन ।

यो मानिसको दुर्भाग्य रहेछ ।  हामी मानिस म मानिसको चेतनालाई मन पराउने स्वार्थी मानिस हाैं । म जात धर्मका कुरा नगर्यौ केबल हामीमा मानवता भए पुग्छ भन्ने मूर्ख मानिस हुँ । म असल चरित्र निर्माण र शीपमुलक, आत्मनिर्भर गर्ने बैज्ञानिक शिक्षा मान्छेलाई आबस्यक छ भन्ने एउटा अधुरो शिक्षा बोकेको अनपढ  एउटा बिरोजगार निकम्मा  मानिस हुँ । 

म संसार एउटा  रहस्य हो सबै चिजहरुको रहस्य छ अनि सबै परिवर्तीत छ भन्ने आफैमा बिरोधाभाष भएको एउटा  कमजोरीको पहाड बोकेको मानिस हो ।  म समाज निशुल्क पाठशाला हो तसर्थ आफैले आफैलाई छाम्नुपर्छ । अनि  नकारात्मक कुरा नदेख्न नसुन्न नबोल्नु भन्ने हुतिहारा अनि डरपोक मानिस हो ।  हो यहि मानिस  जो सगँ जुल्मले लेखिएको इतिहास छ ।

एक समय म कुवेत को एउटा प्रख्यात कम्पनीमा साधारण स्टांपको रूपमा काममा गएको थिएँ ।  जीवन देखी रछान भएर जीवनका चौबाटाहरुमा प्रताडित हुँदै थिएँ । कुरा आफ्नै थियो आफ्नै छायाँबाट रुपान्तर भएर पहाड चढदै थिएँ।जहाँ म बिभिन्न देशको मानिसहरू सँग काम गर्दै आएको थिए र निकै खुसिका साथ काम गरीरहेको थीए। उदास शहरको मानचित्रहरु  किरिङ मिरिङ देखिने  जीवनहरुमा  बेसाहमा बाँच्दै थिएँ । आफ्ना सपनाका अनेक रुपरङ्गहरुमा खुशीहरु असरल्ल छोडेर आएको थिएँ । मलाई सधै नेपाली सँग प्रदेशमा काम गर्ने रहर थियो ।

जून पहिलाको कम्पनीमा जस्तै , र एकदिन कम्पनी छोड़ने निर्णय गरे तर प्रदेशमा त्यसरी कम्पनी छोडेर जाने चाई कहाँ, यही एउटा थाहा नभएको कुरा मनमा प्रश्न गरिरहेको थियो, केहि पुराना साथीहरू जून केहि समय पहिला त्यसरी नै कम्पनीबाट बाहीरिएका थिय, र मैले पनी रोज़े त्यही बाटो, अन्तमा कम्पनी छोड़ने मैले निर्णय गरे ।

अनि सुरु हुन्छन मेरा ति साच्चै घटेका घटनाहरू जस्ताका त्यस्तै, अचानक एकदिन त्यो कम्पनीलाई छोड़ने निधो गरे पछी। कुरा सन:२०१७/८/५ गतेका दिन बिहान ६:३० मा कुवेत सिटीमा रहेको मजदुर अदालत जहाँ निर्दोष मजदुरको पक्ष्यमा बुलन्द आवाज़ उठाऊँने गरीन्छ हो त्यही ठाऊमा मैले पुरानो कम्पनी माथी रिलीज़ पाउनका निमित्त मुद्दा दायर गरे तर कम्पनीमा मुद्दा हाल्नु त्यती सजिलो थियन, आफनै मनले गरेका निर्णयहरु पनी कहिलेकाही उचित हुदो रहेछ । यी कठोर निर्णय भन्दा माथि उठेर मानिस ले सोँच्नु पर्दछ । सहज नदेखिएपनि  ती देखिने आयमहरु सफलताको एउठा बाटो हुन सक्छ ।

हो यदि आफुलाई  हेर्न आफ्नै आँखा चाहिन्छ । आफ्नै चेतनाले मात्र मानिस आँफुलाई  हेर्न सक्छ । मानिस जति सुकै निराश भए पनि निराशा  पछाडी आशाको झिल्को बोकेर बाँच्ने हँुदा त्यहाँ सपनाहरु अपरण हुन्छन । ती रुग्ण मन बोकेर चित्राकृति को मन लिएर हिड्दा जन्मिएको घटना क्रम हरु मा मेरो कर्म पोखीएर  भेदको खाड्लभित्र म तैपनि म तनाब लिएर हाँसीरहे भन्नेले धेरै कुराहरू भने हुने नहुने तर म कही पनी बिच्चलित नभै कसैको कुरा नसुनी आफ्नो एकल निर्णयलाई यथावत राख्दै त्यही कुवेतको एक प्रख्यात कम्पनी माथी मुद्दा दायर गरे, अदालतमा मात्र मुद्दा हालेर मात्र रिलीज़ पाऊँन गारो हुने भएकोले आफुलाई आफ्नो पक्ष्यमा आवाज़ उठाउने एउटा वकिल पनी अनिवार्य चाहिनी भएकोले म पनी त्यही तर्फ लागे ।

अनि सुरु भयो एउटा वकिल खोज्ने, जब मैले ओकिल लाई भेटे र उनी सँग आफ़ना समस्या हरू सबै भनिदिए, अन्तमा वकिलले काम गरीदिने तर अलिकती  रकम खर्च गर्नुपर्ने भने पछी मैले हुन्छ भने, नाई भन्ने कुनै सब्द थियन, र मैले पनी घुमाउरो पारामा वकिललाई सोधे रकम के कती खर्छ गर्नुपर्ने र कैले सम्म रकम भुक्तानी गर्नु पर्ने होला सर भनेर अनि उस्ले भन्यो २५० कुवेति डिनर अर्थात नेपाली रु ८५,००० र त्यो कुरालाइ सहर्ष रूपमा स्वीकार गरे त्यसपछी पुन वकिल लाई मैले प्रश्न गरे के कती दिन भित्रमा मैले रिलीज़ पाऊँन्छु भनेर, अनि ओकिल्ले मलाई विश्वासका साथ आज बाट दिन गन्न लगायो र भन्यो अबको ४५ दिन भित्र तपाईलाई म रिलीज़ दिलाऊँने छु भनेर, त्यसपछी ति कुराहरूलाई सीमित राखेर म आफ्नो गन्तब्य तर्फ पुन प्रवेश गरे, त्यो बखत ममा समयको निकै अभाव  थियो, समय सँगै निर्खिदो खुशिहरु निथ्रिदो आशाहरु  लिएर म  निमग्न थिएँ घड़ीको सुई जती जती अगाड़ी बढिरहेको थियो म प्रति त्यतीनै चुनौति हरू थपिरहेका थिए, मलाई त्यो पलको हरेक सेकेण्ड निकै महत्वपूर्ण थियो भने त्यतिकै खतरा पनी थियो, आफैलाई पत्तो थिएन कुन बेला कहाँनीर र कुन सरकारी कर्मचारीले मलाई हिरासतमा लीन्छ भन्ने, तर भाग्यवस त्यस्तो केहिपनी घटना हुन गएन ।

म निरन्तर सबैको सम्पर्कमा रही रहेको थिए, मेरा आफ्ना भन्नेहरू सबैले आ-आफ्नो ठाऊ बाट हौसला प्रधान गरीरहेका थीए , म रक्तिभर पनी पछी न हटी ई मेरा पहिलाहरू लाई अगाड़ी बढ़ाईंरहेको थिए, अझ यस घटनाले मलाई कुवेतको बारेमा धेरै शिक्षा प्रधान गरीरहेको थियो त्यसै शिलशीलामा म नया कामको खोजी गर्दै थिए भने  बिभिन्न ठाऊ पुगे धेरै ठाऊमा साक्षात्कार को निमित्त गए कै कतै काम बनेन कुनै ठाउ साक्षात्कारमा असफल रहे भने कुनै ठाउमा काम मन परेन त्यसरीनै मेरा दिनहरू गुज्रीरहेका थिए।

आफ्नै जीवन सँग छरिएका चित्कार वेदनाहरु लिएर आफ्नै कुण्ठाहरु सँग जल्दै दृष्यमा बेदनाका भयाबह इतिहास जन्माउदै थिएँ । कुनै दिन थिएन म कुवेतको सिटी न पुगेको  कही बेलात म दिनको तिन तीन पटक कुवेतको सिटी पुगेको छु। डर लाग्ने ग्रथ्यो एऊटै सिटीमा त्यसरी दिनानु दिन अझ दिनको तीन तीन पटक धाही रहदा तर कही बिचल्लित नभै आफ्नो लक्ष्यलाई पूरा गर्ने कोसिस गरे , मनको  चौरास्तमा अबिचलित हुन सकिन, मन मनै डर पनी लागीरहेको थियो सकारात्मक र नकारात्मक सोचहरू मनमा पैदा भैरहेको थियो, र त्यसैको केहि दिन पछी मलाई ओकिलको फोन आयो, ओकिल ले मलाई फ़ोनमा भन्यो बधाई छ बसन्त थापा तपाइको काम अन्तिम चरणमा पुगेको र आऊने हप्ताको विहिबार तपाईले रिलीज़ हात पार्नु हुनेछ।

ओकिलको त्यो सब्दले म भने निकै हर्षित भए, त्यस पछीको दुई दिनमा मैले काम पनी पाए, अनि काम कैले बाट सुरु गर्ने भन्ने दिन र गते पनी तय भयो, अब बाक़ी पर्खाई भनेको बिहिबारको थियो, पहिला समय एक घण्टा पनी एक सेकेण्ड जस्तो लाग्दथियो भने, पछी एक सेकेण्ड पनी एक घण्टा जस्तो लाग्दथियो अनि आफैलाई प्रश्न गर्दथे र आफै आफ्नो प्रश्नको उत्तर दीने गर्दथे, साहेद अबको केहि दिन भित्र रिलीज़ पाऊँनको लागी होला भनेर, अबस्य पनी त्यही हो, भन्दा भन्दै बिहिबार दिन पनी आगमन भयो, बिहिबार बिहान मैले काम गर्ने नया कम्पनीको सम्पूर्ण कागजात पत्र हरू बोकेर बिहानको उदाऊदो घाम संगै ७:३० बजे पुन शार्क सिटीमा रहेको मजदुर अदालतमा पुगे र त्यहा गर्नु पर्ने सम्पूर्ण काम सकेपछी, अदालत भित्र रहेका कार्यरत अथवा सरकारी कर्मचारी हरूले मलाई केहि प्रश्न गरे र बधाई पनी दिए, साथ साथै हात मिलाएर जान र राम्रो सँग काम गर्न पनी आग्रह गरे।

र म पनी सबैलाइ ह्रदय देखी धन्यवाद दिदै पुन आफ्नो गन्तब्य तर्फ प्रस्थान गरे, धेरै कोशिसमा बल्ल सफलता हासिल गर्ने मोका पाए । त्यो पलको एउटा खोज र अनुसन्धान गर्दै आफ्नो अनुभब र अबस्थालाई कापीमा उतार्नै कोशिस गर्दैछु । सबै समेटन नसकुला तैपनी दुःख सुखको भोगाईलाइ चित्रण गर्दै छु । कोशिस गर्दै छु नया कम्पनिको काम र आजको यस दिन सम्म म निकै खुसिछु। साहेद यस्लाई भनिन्छ क्यारे संघर्ष पछीको सफलता ।