11 Baishak, 2075 | 24 April, 2018 Tuesday
नबराज पन्थी-बैदेशिक रोजगारीको शिलशिलामा दैनिक सयौंको संख्यामा नेपालीहरु बाहिरिने गरेको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल परिसरको भिडले प्रस्ट हुन्छ। झन्डै पचास लाख नेपाली जनसक्ति विश्वको  कुना-कुनामा पुगेका छन । जन्मभुमि  छोडेर रोजगारीको लागि विदेश गएपछि दुख-सुख,समस्या,हासो,खुशी,रोदन जे जस्तो पर्छ,आफैले भोग्नु पर्छ।आफुले भने जस्तो त  आफ्नै घर, परिवार,समाज,गाउ वा देशमा  त हुदैन भने अर्काको देशमा त्यो त सोच्न पनि सकिदैन। बैदेशिक रोजगारीमा गएकाहरुको  दैनिक बिबिध समस्याको जालोमा बेरिने प्रबासी नेपालीहरुले  भोग्नु पर्ने दुख पिडा मर्का समस्या र हुने दुर्घटनाको कहानी त  चर्चा गरि साध्य छैन ।
   
यस्तै सडक  दुर्घटनामा परि झन्नै एक बर्ष देखि कुबेतको आदान अस्पतालमा उपचार गराई रहेका भागिरथ चापागाई एक उदाहरणका पात्र मात्र हुन्। यिनी जस्तै थुप्रै भागिरथहरु कुबेतमा मात्र होईन अन्य मुलुकहरुमा पनि छन । गत साल जनवरीमा सडक दुर्घटनामा परेका नवलपरासी बरदघाटका भागिरथ चापागाईको निरन्तर उपचार चलिरहेको छ तर उनलाई सन्चो भएको छैन।बोल्न, चल्न र हिड्न नसक्ने ऊनी  अस्पतालको सैयामा लामों समय देखी लडीरहेका छन।कुनै चमत्कारी भयो भने मात्र पक्कै भागिरथ ले यो धर्तीमा पाईला चाल्लन,बोल्लान,शरीर चलाउलान  नत्र तत्कालिन अबस्थामा भनि केहि प्रगति भएको छैन।  
 
 भागिरथलाई सास संगै जन्म दिने आमा र परिवारको साथमा पुर्याउन लुम्बिनी समाज नेपाल कुबेतले  निरन्तर प्रयास गरेको छ ।   समाजका अध्यक्ष् रुपेन्द्र बिक्रम हमाल भन्छन"भागिरथ दाजु अस्पतालको आईसियु   मा भएको खबर पाउना साथ उहाको उपचार संगै घर फर्काउन सम्पूर्ण प्रक्रिया अघि बढाएँ।दुताबास गई पासपोर्ट बनाउने देखि भिषा लगाउने र आर्थिक संकलन अभियान सम्म चलाईयो।झन्डै पाच हजार केडी(क्रिस सत्र लाख नेरु) संकलन पनि भएको छ।    तर सोचे जस्तो सजिलो रहेनछ पैसा भएर मात्र पनि नहुनी रहेछ ।"भागिरथ बचाउ अभियानका संयोजक समेत रहेका हमालले थपे"जन्म दिने आमाले  सास संगै छोरो फर्काईदिन पटक-पटक रुदै कल गरिरहनु हुन्थ्यो।   त्यसले हामीलाई झनै सक्रिय भएर लाग्ने बनायो तर उहाको अबस्था  बताएपछि कुनै पनि बिमानले नेपाल  लैजान मानेन ।   भन्ना  साथ् नर्स डाक्टर ब्यबस्था गर्न समेत कठिन भयो।    ह्विल चेयरमा अडिन सक्नु हुन् स्टेचरलाई निक्कै महँगो पर्दो रहेछ पच्छिल्लो पटक दुताबासले निक्कै प्रयास गरेको छ ।सायद छिट्टै  नै भगिरथ दाजुलाई उहाको आमाको काखमा पुर्याउन सकिएला कि भन्ने आशा  जागेको छ ।"
भागिरथ दाजुको श्रीमती र छोरा पनि रोजगारी कै शिशिलामा कुबेतमै छन। ऊनीहरु अस्पताल आईरहने बताउदै हमालले भने केहि हप्ता पहिला  छुट्टीमा नेपाल गएको थिए ।    सोही बखत भगिरथ दाजुको आमालाई भेट्न पनि गए ।उहाको  एउतै मात्र  चाहना "सास सहितको छोरोको अनुहार देख्ने" रहेछ।बुढेसकालमा छोराको साहारामा बस्ने बेलामा रहेकी आमाको आखा ओभानो छैन ।   हमलाकै शब्दमा आमाले भनिन" सुत्दा राम्रो संग निन्द्रा लाग्दैन जता गयो जेगरनी छोराकै सम्झनाले तर्साउछ ।छोराको अनुहार देख्न मात्रै पाए पुग्छ ।"मैले   आमालाई भेटे  चित्कार सुनेर कुबेत आएको हुदा पनि जतिसक  छिटो नेपाल पठाउन पाए हुने  भनेर दुताबास र अस्पताल धाई रहेको छु ,तर हाम्रो हातमा केहि रहेनछ ।हमालले थप्दै भने यहाबाट बरु लास पठाउन सजिलो रहेछ तर बिमारी पठाउन त अतिनै गाह्रो हुदो रहेछ ।   
बैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाई दिदि बहिनीहरु हो यस्तै भागिरथ चापागाई जस्तै अबस्थामा  थुप्रै मुलुकका अस्पतालमा जिबनसंग लडिरहनु भएको छ ।   के बिदेशमा बिमारी भए दुर्घटनामा परि अर्धचेत भए जन्मभूमि फर्किन पाइदैन त कि मृत्यु   नै कुर्नु  पर्ने होर सरकार? यस्ता बिमारीलाई आखिर उपचार बाट सन्चो हुदैन भनि जन्मभूमि फर्काउन सरकारको कुनै जिम्मेवारी लिनु पर्दैन र ?   दुताबासले गरेको कुटनीतिक पहल बाट सम्भव नभए नेपाल सरकार पररास्ट्र मन्त्रालयले सम्बन्धित देश संग सिधै कुरा गर्न मिल्दैन र ? आफ्नै देशको डाक्टर नर्स स्टेचरको ब्यबस्था गरि नाजुक अबस्थामा रहेका आफ्ना बिमारी नागरिकलाई  घर फर्काउन र परिवारको साथमा पुर्याउन अभियान सहित जिम्मेवारी लिन  सरकारले मिल्दैन  त  ? के बिदेशमा दुर्घटनामा परि होस-चेत गुमेका लाई घर परिवारले देख्न नपाउने  नै हुन् त ? अन्तिम  बिकल्प भनेको रातो बाकस मात्रै होत ?  हेल्लो नेपाल सरकार  यता पनि ध्यान पुर्याउनु पर्यो!  तिम्रा नीति तथा कार्यक्रममा यी पनि समेट" बिदेशका अस्पतालका सैयामा लडी रहेका बिमारी जुन  परिवारले  आग्रह गर्छन भेट्न चाहान्छन  त्यस्ता बिमारीलाई तुरुन्त घर फर्काईदिने ब्यबस्था गर "अनि बल्ल भाषणमा भने झैँ पचास लाख नेपाली जनशक्तिलाई जन्मभूमि  फर्काउने अभियान चलाउ ।