9 Magh, 2074 | 23 January, 2018 Tuesday

हरि कृष्ण न्यौपाने-राप्ती भेरी कर्णाली एकता समाज कुवेतले अनाथ बालबालिकाको सहयोगार्थ अंग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा नेपालका चर्चित चार कलाकारहरुका साथ आगामी जनावरी-५,शुक्रबारका दिन आयोजना गर्न लागेको "अंग्रेजी नयाँ बर्ष २०१८ धमाका"को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

यसै बिच "अंग्रेजी नयाँ बर्ष २०१८ धमाका"का लागि चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, प्रकाश कटवाल, ऋषि खड्का र चर्चित लोक तथा दोहोरी गयिका जानकि तारमि मगार बुधवार जनावरी-३ बेलुकी ७:३० बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक राज मल्लले तीतोपाटी डटकमलाई बताए।मल्लले भने"कुवेतमा कृयाशिल सबै संघ्-संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा कलाकार प्रेमिहरुलाई नेपालबाट आउनु हुने कलाकारहरुको स्वागतका लागि बुधवार बेलुकी ७:३० बजे कुवेतको अन्तराष्ट्रिय एयर्पोर्टमा आउनको लागि अनुरोध गर्द्छु।"

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताउदै राप्ती भेरी कर्णाली एकता समाज कुवेतका अध्यक्ष पवन अलीले भने" नयाँ अंग्रेजी बर्षको शुभकामना आदानप्रदानको साथमा अनाथ बालबालिकाको सहयोगार्थको लागी यो कार्यक्रम गर्न लागिएको हो। त्यसैले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था, त्यसका प्रतिनिधिहरु,कलाकार, पत्रकार, खेलाडी लगाएत कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई आ-आफ्नो ठाउँबाट स्वस्फुर्त रुपमा कार्यक्रममा उपस्थित भएर मनोरन्जन लिदै कार्यक्रम सफल बनाउन सहयोगको लागि अपिल गर्दछौ।"

कार्यक्रम हलमा आउने यातायातको बारेमा जानकारी:-

साल्मियाबाट रुटनं-७७ सिटिबस
हसाबिया, जिलिव फर्वानिया क्राउन प्लाज हुदैन खैतानबाट रुटनं:- १६ सिटीबस
स्वेकबाट रुटनं:-७७
सिटिबाट रुटनं:-१६ र अन्य बसहरु त्यसको आसपासमा रुटनं:- ६६ ,५५ ,८८ ,१८ ,१९ पनि आउने गर्छन्।
(बस चढी सके पछी हवल्लीको पुरानो सेन्टर प्वाईन्ट फायर स्टेशनको नजिक भनेर आउनु भयो भने सजिलै कार्यक्रम स्थलमा आउन सकिने)

त्यसै गरी दर्शकहरुको समस्यालाई मध्य नजर राखी निशुल्क यातयातको ब्यबस्था पनि गरिएको छ।
फर्वानियाबाट कार्यक्रम स्थलमा आउन चाहनुहुनेले चन्द्र ब.पुन ६५६२५९१५
फाहाहिल, मंगफ,अबुहालिफा, महाबुल्ला र फिन्तासतिरबाट दिप थापा ६५१०९३२६ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।


कार्यक्रमको बारेमा:-

मिति:- जनवरी- ५-२०१८,शुक्रबार

स्थान:- हवाली स्थित ब्वाइ स्काउट थ्रियटर (सेन्टर पोइन्टको अगाडी)

समय:- बिहान ठिक ११:०० बजेबाट