11 Baishak, 2075 | 24 April, 2018 Tuesday

हरी कृष्ण न्यौपाने-कुवेतको मरुभुमीलाई कर्मथलो बनाउने क्रममा सन-२०१७ भित्र बिभिन्न कारणबस ३१ नेपाली कामदारहरुको मृत्‍यु भएको छ।जसमा १५ पुरुष तथा १६ महिला कामदारहरु रहेका छन।

घट्नाको प्रकृतिका आधारमा हृदयघात, मस्तिष्कघात तथा अन्य श्वास्थ्य सम्बन्धी कारणहरुबाट १७ जना,सडक,कार्यक्षेत्र तथा बिबिध दुर्घटनाहरुबाट ६ जना,आत्महत्याबाट ६ जना, मृत्‍युको कारण खुल्न बाँकी १ जना र हत्याबाट १ जना नेपाली कामदारको सन २०१७ भित्र कुवेतमा मृत्‍यु भएको हो।   

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकमलाई दिएको जानकारी अनुसार सन २०१७मा कुवेतमा मृत्‍यु हुनेहरुमा १४ जना घरेलु क्षेत्रका कामदारहरु र १७ जना कम्पनी/संगठित क्षेत्रका कामदारहरु रहेका छन।

बिशेष गरी खान-पानमा ध्यान दिने,सडकमा यात्रा गर्दा ख्याल गर्ने, समयमै सुत्ने, कोठा भित्रै भए अनी सामान्य योगा/कसरत गर्ने, सके सम्म धुम्रपान/मध्यपान नगर्ने वा आफ्नो श्वास्थ्यमा समस्या आएमा समयमै उपचार गराउने हो भने यो संख्या अझै घटाउन सकिने छ।   


फोटो साभार-गुगल