
नवराज पन्थी - अंग्रेजी नयाँ बर्ष २०१८ को शुरुवात संगै कलम अर्थात कम्प्युटर किबोर्ड चलाउदै गर्दा अग्रेजी नयाँ वर्षलाई खुशी साथ् स्वागत गर्नैपर्दछ । जति हामी नेपाली नयाँ वर्षलाई आत्माबाट स्वागत गर्दै शुभकामना आदान प्रदान गर्छौ त्यसै गरि नै अंग्रेजी नयाँ बर्षमा विश्वभरी छरिएर रहेका नेपालीहरुले शुभकामना आदान प्रदान हुने गर्दछ । यसैमा किबोर्ड कुदाउने क्रममा स्वयं प्रदेशमा बसेर लामो समय देखि सामाजिक अर्थात प्रबासी पत्रकारितासंग संलग्न भएको हुदा अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागत गर्दै प्रबासी पत्रकारितालाई विश्वासनीय मयार्दित बनाउन सहयोग पुर्याउने कुरामा बर्ष २०१८ मा आशा पनि राख्नु पर्दछ ।
हुन त हिजो आज पत्रकारिता गर्ने पत्रकारलाई “नखाउ भनि दिनभरिको शिकार खाउ भनि कान्छा बाउको अनुहार” जस्तो भएको छ दिनभरी समाचार रिपोर्टिंग गर्न बस्यो समाचार सम्बन्धित मिडियाबाट फ्लास गर्नु भन्दा पहिला सामाजिक संजालमा भाइरल भैसकेको हुन्छ, त्यसले गर्दा पनि अलि पत्रकारले कलम चलाउन ढिला सुस्ती गर्ने गरेका अड्कल काटिन थालेको छ । पछिल्लो पटक छ्याप छ्याप्ती अनलाईन मिडिया खुलेका छन ब्याक्तिले ब्लग संचालन गरेका छन सामाजिक संजालमा पेजहरु हाबी भएका छन ।
भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचानमा पाटी नेताको भजन गाउन थुप्रै अनलाइन मिडिया सल्बलाए उदाए, अहिले सेलाए, कति मिडिया राजनीतिक दल कै भजन गाउन मै व्यस्त रहे, अझै छन। “ताक परे तिवारी नत्र गोतामे” भने झैँ आफुलाई मन पर्ने नेता ब्याक्ति दलका तारिफ गर्ने गरेका छन। आफुलाई मन परेंन भनि रिस उठेकाका ब्याक्ति बिशेस अर्थात फरक राजनीतिक दल भए त झन् राम्रै काम गरेका ब्यक्तित्वलाई पनि सात पुस्ते गालि गर्ने सस्कृति मौलाएको छ । त्यसैको भुमरीमा राम्रा काम गर्ने ब्यक्तिहरु समेत मुछिन पुगेका छन यस्तै आकर्षण उत्तेजित बनाउने शिर्सकका साथ् बग्ने हावादारी अनलाइन ब्लगले गर्दा असली पत्रकारिता गर्ने पत्रकार अनि बास्तबिक मिडियाहरु ओझेल पार्दै आएका छन। हो स्वच्छ प्रतिस्पर्धा हरेक कुरामा हुने गर्दछ। नेपालमा संचार जगतमा निक्कै फड्को मारेकोछ। हेर्नको लागि अर्थात टेलिभिजन एन टिभी थियो, सुन्नको लागि अर्थात रेडियो नेपाल छेत्रीय प्रसारण केन्द्र र पढ्नको लागि अर्थात पत्रिकाका लागि गोरखापत्र मात्र थिए नेपालमा नेपाल टेलिभिजन स्वयम्ले एनटिभी प्लस भनेर जन्मायो ब्यवसायिक रुपमा स्थापना भएका कान्तिपुर पत्रिका टिभी एफएम संचालनमा थियो अहिले ब्यवसायिक रुपमा सयौ टेलिभिजन एफएम छापा पत्रिका अनलाइन मिडिया स्थापना भएका छन जुन नेपाल भरि संचालित छन। एकै जिल्लामा चार पाच ओटा स्थानीय टेलिभिजन एफ एम रेडियो संचालित छन अनलाइन मिडिया अनि छापा पत्रिका प्रकासन हुन्छन भने थुप्रै युटुब च्यानल संचालित छन।
आजको संचार र पत्रकारिताको बिकास सुखद क्षण मान्नु पर्दछ पछिल्लो विवरण अनुशार हाल नेपालमा ७५४२ पत्रपत्रिका, प्रसारण अनुमति लिएका ८१२ रेडियो, हाल प्रसारित ६१२ रेडियो, सामुदायिक ३१६ रेडियो, अनुमति लिएका ११७ टेलिभिजन, काउन्सिलमा सुचिकृत ८४५ अनलाईन, सुचना विभागमा दर्ता ५११ अनलाइन संचालित छन भनि २ ओटा समाचार समिति रहेका छन तर केहि युटुब च्यानलका कार्यक्रम र गरिने कुराकानीले गलत संदेश दिएको छ। जसले आफ्ना च्यानलको भिओर बढाउने उद्देश्यले जुन बिकृति र छाडा खालका हेर्ने नसकिनी खुराक पस्किन्छन त्यसले असली पत्रकारिता गर्ने पत्रकारहरुलाई ठुलो मर्का परेको छ।
विदेशबाट पनि थुप्रै नेपाली अनलाइन मिडिया र युटुब च्यानल कार्यक्रमहरु संचालित हुने क्रम बढ्दो छ नेपाली पुगेका ठाउमा पत्रकारिता र सामाजिक अभियान तिब्र रुपमा बढेको छ । खाडी मै पनि थुप्रै अनलाइन मिडिया र युटुब च्यानल संचालित छन कुबेत कै कुरा गर्दा पनि सबै भन्दा पहिला कुबेत नेपाल डटकम संचालित थियो । कुबेत नेपाल डटकम हुदा हुदै पनि अन्य अनलाइन मिडिया स्थापना भए आखिर सबै मिडियाको उद्देश्य कुबेतको नेपाली समाजमा भएका गतिबिधि सत्य तथ्य खबर निस्पक्ष् तरिकाले बिश्व भरि फिजाउनु नै हो । धन्नै दुई दर्जन पत्रकार क्रियाशील रहेको कुबेतमा नेपाल कुबेत डटकम (तितोपाटी डटकम),कोसेली छापा पत्रिका, प्रदेशी खबर डटकम, हाम्रो संचार डटकम, संचालित छन भने खाडी न्युज पुरै निस्क्रिय हुन् पुगेको छ भने पछिल्लोपटक सब्यद्र्स्यका साथ् निरेम अपडेट संचालित छ । यहिबाट अनलाइन खबर डिसी नेपाल पाथिभरा न्युज सैलुंगे अनलाइन मा समेत समाचार अपडेट हुने गर्दछन।
नेपालमा नेपाली पत्रकारितामा बेलाबखत पत्रकारहरुले एक संचार सस्थां छोडेर अर्कोमा आबद्द हुनी नत्र आफ्नै नेतृत्वमा नयाँ अनलाइन, छापा, टेलिभिजन एफएंम संचालन गर्ने लहर नै चलेको छ । फलस्वरूप प्रबासी पत्रकारहरुले पनि आफु अनुकुल अनलाइन मिडिया युटूब च्यानल फेशबुक लाईभ कार्यक्रम संचालन गर्ने गरेका छन। यो पनि प्रबासमा नेपाली पत्रकारिताको बिकास हो २१ औ सताब्दि अनि स्मार्टफोनको सुबिधाले कुनै सामग्री समाचार फलास हुनु पुर्व सामाजिक संजाल भाइरल बनि सकेको हुन्छ। त्यसको मारमा प्रबासी पत्रकारहरु पर्ने गरेका जलंत उदाहरणहरु छन। पत्रकार समाचारको गहिराई बास्ताबिकता बुझ्न सम्बन्धित ब्याक्ति सस्था निकाय संगको सम्पर्कमा व्यस्त हुन्छन, उता सामाजिक संजालमा धारे हात शुरु भई हाल्छ। प्रबासमा रहेका नेपाली पत्रकारहरु पनि कोही पत्रकारिताको लागि आएका होइनन, सबै रोजी रोटीका लागि आएका हुन् आफ्नो डिउटी अर्थात जागिर बाट बचेको समयमा नै आफ्नै खर्चमा सामाजिक पत्रकारितालाई समय दिएका हुन् भन्ने कुरा पनि पक्कै धेरैले बुझेका छन। हुनत पत्रकारलाई गलत सुचना उपलब्ध गराउने पाए ,काधमा बन्दुक राखेर पड्काउने सम्मका खेल पनि प्रबासी पत्रकारितामा पत्रकारहरुले अनुभव साट्न पाएका थुप्रै उदाहरणहरु साक्षि छन। ताली र गाली त नेपालमा मात्र होईन प्रबासमा पनि पाइन्छ भने कयौ पटक असली पत्रकारहरुलाई ओझेलमा पार्ने र राम्रालाई भन्दा हाम्रालाई समर्थन गर्ने पत्रकारितामा पुर्याएको योगदानलाई कुनै लेखा जोखा नगरी आफु र आफ्ना सस्था नजिकका अनि अनुहार हेरी ताली ठोक्ने समर्थन गर्ने र सम्मान गर्ने परिपाटी पनि मौलाउदै गएको अनुमान लगाउन सकिन्छ।
अन्त्यमा नयाँ बर्ष २०१८ले सम्पूर्ण प्रबासी पत्रकारिता गर्ने कलम बाजहरुको एकता होस, समाज समुदाय ब्याक्ति बिशेस संघ सस्था दुताबास संग सहकार्य होस्, आत्मियता बढोस , पत्रकारिता थप विस्वासिलो र मयार्दित बनोस, पत्रकार कसैको गोटी बन्न नपरोस, एकजुट भएर सत्य तथ्य निस्पछ तरिकाले आवाज बुलन्द गर्दै अघि बढ्ने प्रेरणा मिलोस हामी सबैलाई नयाँ वर्ष २०१८को शुभकामना ।