12 Baishak, 2075 | 25 April, 2018 Wednesday
नारायण पाेख्रेल - हाम्रो देशमा रोजगारीको लागि बजार नहुदा छिमेकि देश भारतमा चियाका बगानहरु देखि बिट्रिश युद्धपछि  बिट्रिश गोर्खा रेजिमेण्टसमा , मलायको भर्ति र भारतमा गोर्खा रेजिमेन्टमा नेपाली युबाहरुको प्रवेश पश्च्यात अरु नेपालीहरु पनि ति देशका अन्य क्षेत्रहरुमा पुग्न थाले फलस्वरुप आजका दिनमा भारतका हरेक क्षेत्रमा लाखौ नेपालीहरु रोजगारी गरिरहेका छन I त्यसैगरि  १९७० तिर खाडी मुलुकहरुले ब्यापकरुपमा तेलको उत्खनन संगै तिब्र आर्थिक बिकासको सुरुवात गरे जसलेगर्दा बिभिन्न देशका मानिसहरुको लागि नयाँ रोजगारको शृजना भयो जहाँ नेपालीहरुको पनि जाने क्रम सुरु भयो त्यहाँ पनि लाखौको संख्यामा नेपालीहरु छन र निरन्तर आउने क्रम जारी छ I यसैगरी मलेशिया ,कोरिया देखि  सन्सारका सय भन्दा बढी मुलुकमा गरि करिब ७० लाखको हाराहारीमा नेपालीहरु रोजगारी को लागि पुगेको अवस्था छ र यो दिनहु बढ्दैछ I नेपालले आफुलाई  मुख्य गरेर कृषि प्रधान मुलुक वा कृषिमा आश्रित मुलुकको रुपमा आफ्नो परिचय बनाएपनि पछिल्ला दिनमा परिचय फेरिन लागेको हो कि भन्ने लाग्दछ । वैदेशिक रोजगारीका कारणले त्यहाबाट देशमा भित्रने रेमिटेन्सले गर्दा आज मुलुकको अर्थव्यवस्थामा निक्कै ठुलो प्रभाब पारेका तथ्यांकहरु सार्वजनिक भएका छन I कूल ग्राहास्थ उत्पादनमा रेमिटान्सको योगदान २५ देखि ३० प्रतिशत रहेबाट पनि यसको  पुष्टि हुन जान्छ I  

कूल ग्राहास्थ उत्पादनमा ३० प्रतिशत हिस्सा राख्ने श्रोत जुन देशको कुल जनसंख्याको लगभग २५ प्रतिशत सबैभन्दा चलायमान शक्तिले विदेशमा आफ्नो श्रम बेचेर उपलब्ध गराएको छ I यसबाट हुने गरेका सकारात्मक प्रभाबहरुको सधै चर्चा र परिचर्चा हुने गर्दछ तर यसबाट हुने दीर्घकालीन समस्या , मानबिय पिडा र क्षतिको बारेमा निकै कम मात्रामा चर्चा भएको देखिन्छ I
 
संसारमा अस्तित्वमा रहेका  हरेक बस्तुमा  सकारात्मक र नकारात्मक दुवै कुरा रहेको हुन्छ त्यसैगरी वैदेशिक रोजगारबाट पनि हामीहरु  दुवै कुरा प्राप्त गरिरहेका छौँ यसले सामान्यतया मानिसको जिबनशैलीमा परिबर्तन गरेको  कुरा हामी सबैले अनुभब गरेकै कुरा हो त्यसैगरी बैदेशिक रोजगारीमा गएकाहरुका परिबारहरु धेरैजसो सुखको जिबनयापन गरिरहेको कुरा लुकाएर लुक्ने अबस्था नै छैन I परिवारहरुलाइ परिश्रम गर्नु नपर्ने मिठो खाने ,राम्रो लगाउने र छोराछोरी हरु महँगो स्कुलमा अध्यन गर्न पाएका छन राम्रा राम्रा घर बस्ति बनेका छन यसरि भन्नुपर्दा मानिसको जीवन शैली मा ब्यापकरुपमा परिबर्तन आएको छ र राज्यले ३० प्रतिशत राजस्व प्राप्त गरिरहेको छ   यसो हुँदा परिवार र राज्यको लागि बैदेशिक रोजगारीले फाइदा गरेको छ भन्न सकिन्छ यसर्थ यसलाई सकारात्मक पाटोको रुपमा लिन सकियो I

यसको नकारात्मक पाटो के हो त ?
सुख संग जिबन बिताउने र बालबालिका पढाउने  उदेश्यले शहर र शहरोन्मुख क्षेत्रमा डेरामा बस्ने र पछि शहर तिरै घर घडेरी किनेर परमानेन्ट बसाई सराइ गर्नेको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ। जसको कारण गाउँका खेत बारी हरु बांजा भएका छन, बुढा भएका बाबुआमा छोराछोरीको सहाराबिना र बुढेशकालका साथीहरु नाती नातिनाको अभाबमा छटपटयाउदै बस्नु परेको बिकराल परिस्थिती छ I साना छोराछोरीहरु पनि बाबुआमाको सामुहिक मायाँ ममता र रेखदेख बाट बन्चित हुनुपर्दाको स्थितिले गर्दा उनीहरु भोलि गएर राम्रो अथवा नराम्रो मध्य कुन बाटोतिर अग्रसर हुनेहुन जसले गर्दा  समाजमा मानबिय संवेदना र अनुशाशन जस्ता कुराको ठुलो खाडल पर्ने कुरा सहजै अनुमान गर्न सकिन्छ किनभने यसको असर नेपाली समाजमा देखिन थाली सकेको अवस्था छ I अधिकांस परिवारबाट बैदेशिक रोजगारीबाट प्राप्त भएको धनलाइ आयआर्जनमुलक काममा भन्दा सहरबजारमा घर बनाई आफ्नो रहन सहनलाई उकास्नेमा मात्र केन्द्रित भएको देखिन्छ I गाउँघरमा बढीजसो बुढाबुढीहरु मात्र भेट्न सकिन्छ मानिसहरु बिमार हुदा या मर्दा पर्दा  , मलामी जानेहरुको समेत समस्या पर्न थालेको छ ।  धेरै मानिसहरु सहर बजार तिर बसाई सर्ने कुराले सहरी  क्षेत्रका जग्गाको मूल्य अनावश्यक रुपमा आकाशिएको छ जसले गर्दा अधिकांस मानिसहरुको धेरै बर्षको आम्दानी खाली घर घडेरी जोडनको लागि मात्र प्रयोग भएको छ I पुरा जीवन साथमा बिताउने कसम खादै एक भएका जोडीहरु पत्नी विदेश गएको भए पति तथा पति विदेश गएको भए पत्नीले सामान्यतया एक्लो र पृथक अवस्थामा आफुलाई लिन थाल्छन र यो स्वोभाविक पनि हो ति मध्ये  कतिपयले भने विदेशबाट प्राप्त गरेको धनको प्रयोग गरि धेरैभन्दा धेरै सुख सुबिधा लिने र अन्तमा धोका दिएका कुराहरु हरेकजसो  सामाजिक संजाल, पत्रपत्रिकाहरु र टेलिभिजनहरुमा बिभिन्न शीर्षकहरुमा समाचार देख्न सकिन्छ  जस्तोकि श्रीमानले दुखगरी किनेको घर बेचेर श्रीमति टाप’,  लाखौ लाख लिएर अर्को संग भागेका त्यसैगरी श्रीमतीले कमाएको पैसा लगी श्रीमानले जुवा तास मा उडाएको देखि अर्की श्रीमती लिएर टाप कसेको ‘‘पतिले खाडीमा पसिना चुहाउँदै , पत्नी अरुसंग घरमा रमाउदै भन्ने जस्ता कुराहरु प्राय सधैभ सुन्न सकिन्छ I  वैदेशिक रोजगारले हाम्रो सामाजिक संस्कार र सस्कृतिमाथि पनि धावा बोल्न थालेको छ कति महिला हरु बिना बाबुका छोराछोरी संगै जेलमा बसिरहेको देखि अन्य देशका लोग्नेमान्छे संग बसुन्जेलको टेम्पोरेरी घरबार गरेर बस्न बाध्य भएको समेत देख्न सकिन्छ यो मामलामा पुरुष हरु पनि  महिलाहरु संग घरजाम गरेर बसेका प्रशस्तै उधाहरणहरु देख्न सकिन्छ I यसैको कारणले गर्दा बिदेशमै हुदा र फर्किसकेपछि झगडा हुने ,एकापसमा अविस्वास हुने र अन्तमा सम्बन्ध बिच्छेद अथवा आत्महत्या गर्ने  जस्ता घटनाहरु दिनानुदिन बढ्न थालेका छन् I बाबु या आमा एकको अनुपस्थितीमा छोराछोरीहरुले आफुलाई स्वतन्त्र भएको महसूस गर्ने हुँदा उनीहरुमा डर तथा सामाजिक दाइत्व भन्दा पनि कसरि सुखमय जीबनयापन गर्ने भन्ने कुरामा केन्द्रित हुन्छन त्यसैले यस्ता प्रकृतिका मानिसहरु बाट  समाजको आबस्यकता लाइ पूर्ति गर्ने जनशक्ति उत्पादन हुन् कठिन हुने कुरा अनुमान गर्न सकिन्छ I यसैगरी छोराछोरीलाइ कुनै कुराको अभाब हुन् नदिदा उनीहरु बस्तुको मुल्य र प्राप्त गर्दा हुने कठिनाइको बारेमा अन्जान हुन्छन जसलेगर्दा दुख र सुख बिचको अन्तर देखि अनबिज्ञ हुन्छन I यी यावत कुराहरुबाट के कुराको निस्कर्ष निकाल्न सकिन्छ भने एउटालाइ सुख दिन अर्कोले ठुलो बोझ र दुख झेलिरहेको छ , एकापसमा विश्वास र समजदारी कम हुदैछ,जिबनभर एकसाथ बस्ने कसम खाएका जोडी बिछोडिएका छन जसको कारण  परिवार या सम्बन्ध टुटीरहेका छन , अधिकांस सिनियर सिटिजन हरु सहाराबिन अबस्थामा छटपलटाई रहेका छन I नैतिक र सामाजिक दाइत्वमा बिस्तारै खाडल बन्दै छ I 

 रेमिटान्सबाट देशको अर्थतन्त्र चलाइरहेको सरकारले माथि उल्लेख गरिएका मानबिय सम्बेदनाका कुराहरु प्रति खासै वास्ता गरेको देखिदैन I हरेकबर्ष उत्पादन हुने लाखौं जनसक्तिलाइ नेपालमै राख्ने योजनाहरु खाली घोसणा पत्रको पानामा सिमित भएका हुन्छन I तसर्थ यी अन्तरबस्तुबाट सोझै प्रभावित भएका हामीहरुनै संगठितरुपमा कमसेकम आफ्नो सन्ततिलाई जस्तोसुकै परिस्थितिमा पनि आफ्ना छोराछोरीलाइ अर्काको देशमा जानु नपर्ने किसिमले लागि पर्नेकी ? जसले गर्दा हामीले जस्तै  उनीहरुले दुख ,अभाब र एक्लोपनको महसूस गर्न नपरोस ।