8 Falgun, 2074 | 20 February, 2018 Tuesday
तीतोपाटी डटकम- अङ्रेजी नयाँ बर्ष-२०१८का अबसर पारेर आगामी जनावरी-१ तारिक सोमबार कल्याणकारी नेपाली युबा समाज कुवेतले एक दिवसीय खुल्ला नक आउट भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। कुवेतको महबुल्ला स्थित सामुन्द्रिक किनारमा रहेको भलिबल कोर्टमा बिहान् १० बजेबाट उक्त भलिबल खेल शुरु गरिने छ। 

कल्याणकारी नेपाली युवा समाजका उपाध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डटकम सँग भने"माबुल्लाको सामुन्द्रिक किनारको खेलमैदानमा हुने उक्त प्रतियोगिताको बिजेता र उपबिजेता दुबै टिमलाई पुरस्कारको ब्यबस्था गरिएको छ।उनले थपे" खेल ठिक बिहान १० बजेबाट शुरु हुने र  गोलाप्रथाको लागि ९ बजेनै टिम क्याप्टेन उपस्तिथि हुनुपर्ने छ।

कुवेतको नेपाली समाजमा राहत, उद्दारका कार्यहरुका हातेमालो गर्दै   खेलको माध्यामबाट पनि सबैलाई समेटदै जाने समाजले बताएको छ। 
 
सम्पर्क को लागि -
सुबास श्रेष्ठ -५०७८३८०९ 
सुजन ठकुरी -६०६४७४८७