11 Baishak, 2075 | 24 April, 2018 Tuesday
तीतोपाटी डट कम - तमु समाज कुवेतले आफ्नो महान मौलिक पर्व तमू ल्होसार विभिन्न खेलकुद,साँस्कृतिक कार्यक्रमका साथ कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा भव्यताका साथ मनाएको छ ।

तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, खेलकुद,साँस्कृतिक र पहिचानको जगेर्ना गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको तमु समाज कुबेतले स्थापना देखी नै तमू ल्होसार लाई निरन्तरता दिंदै अाएको छ ।

सँस्थाका अध्यक्ष खोप गुरूङको सभापतित्व र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न ल्होसार कार्यक्रममा कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासी नेपालीहरुको उपस्थिती रहेको थियो ।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको उक्त कार्यक्रमलार्इ समाजका सचिव सुरेश गुरुङ्ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए भने सँस्थापक अध्यक्ष अमर तमु र सल्लाहकार मोहन/प्रेम तमु,ले ल्होसार बारे प्रष्ट पारेका थिए।

कार्यक्रममा राजदूत यज्ञबहादुर हमालले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए । यसैगरी अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष बीबी मल्ल ठकुरी,नेपाल पत्रकार महासंघ, कुवेतका तर्फबाट जय आले मगर, नेपाल तामाङ घेदुङ कुवेतको पूर्व अध्यक्ष अमृत तमाङ, आदिबासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई "चट्याङ ले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार नास्ताले स्वगात गर्दै तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, डोरी तान्ने, म्युजिकल चियर देखि लिएर साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने समाजका समाजका बरिष्ट सल्लाहकार मन गुरुङ, तमु ले पूजा पाठ अनी धार्मिक परम्परा अनुसार चरा बर्ग र कुकुर बर्गका महिला पुरुषहरुलाई स्याई स्याई गर्दै आशिर्वाद दिएका थिए ।

छेलो फाल्ने खेल तर्फ ३० जनाले प्रतिस्पर्धा जनाएकोमा शिवजी गुरुङ प्रथम भएका थिए भने गत सालको बिजेता रणबहादुर बिक दोस्रो भएका थिए। डोरी तान्ने प्रतियोगिता पुरुष तर्फ १५ वाट टिम ले भाग लिएको थियो भने प्रथम आयोजक तमु समाज कुबेत ले हात परेका थिए भने दोस्रो स्थान लम्जुङ सेवा समाज कुबेत भएका थिए। यसैगरी डोरी तान्ने प्रतियोगिता महिला तर्फमा आयोजक टिम प्रथम भएको थियो भने दोस्रो स्थान नेपाली सङ्घीय समाज कुवेत भएका थिए। यसैगरी म्यूजिकल चियर प्रतियोगितामा कविता राई प्रथम र बैजन्ती राई दोस्रो हुन सफल भएका थिए । बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष खोप गुरुङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए भने तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरिएको उक्त कार्यक्रम महासचिब यम तमु र सदस्या रन्जना तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेका थिए ।