8 Magh, 2074 | 22 January, 2018 Monday

तीताेपाटी डट कम − बर्दघाट त्रिवेणी सुस्ता पूर्व नवलपरासीको (नवलपुर) बुङ्दीकाली गाउँपालिका ३ रकुवा थोत्रेनीका एक युवक चार दिन अघि देखि बेपत्ता भएका छन् ।


तेजबहादुर सुनार नाम गरेका वर्ष २५ का युवक यही पुष १२ गते दिउँसो कावासोती बजारबाट निस्किएका सुनार पोखराको पृथ्वी चोक देखि बेपत्ता रहेको र हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनका दाजु सन्तोष सुनारले बताउनुभयो ।


बोल्न नसक्ने, राम्रोसंग हिड्न नसक्ने (खुट्टा घिसारेर हिड्ने) बेपत्ता सुनारको घरपरिवार र आफन्तले खोजी कार्य गरेपनि फेला पार्न नसक्दा परिवारमा चिन्ता छाएको छ ।