9 Magh, 2074 | 23 January, 2018 Tuesday

हरि कृष्ण न्यौपाने-"हाम्रो एकता बिकासको लागि"नाराका साथ स्थापित झापाली समाज कुवेतले तेश्रो महाधिबेशन सम्प्पन्न गरेको छ।२९ डिसेम्बर-२०१७, शुक्रबारका दिन कुवेतको मिसिलाको सामुन्द्रिक किनारामा सम्पन्न उक्त अधिबेशनले लोमस बास्तोलालाई अध्यक्षमा सर्ब सम्मत चयन गरेको छ। 

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता,नेपाली दुताबासका सहचारी सुरेश अधिकारिको बिशेष आतिथ्यता तथा झापाली समाज कुवेतका प्रथम उपाध्यक्ष लोमास बास्तोलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई सचिब प्रसाद तिमल्सिना र छत्र कार्कीले सन्चालन गरेका थिए।तिन वटा क्यान्डल प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरुको प्रतिनिधीहरु, पत्रकारहरुको उपस्थिती थियो। 

झापाली समाजका रामजी अधिकारीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए।अतिथिहरु नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन,दुताबासका सहचारी सुरेश अधिकारि,एनआरएनए कुवेत महिला उपाध्यक्ष सुमित्रा पौडेले पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरी कृष्ण न्यौपाने,नेपाली  जनसंपर्क समिती कुवेतका अध्यक्ष कल्याण श्रेष्ठ,तीटोपाटी डटकमका कार्यकारी सम्पादक आनन्द आचार्य,झपाली समाजका कुमार झापाली, लोक गायक माधव शर्मा, हिन्दू जगरण कुवेतका अध्यक्ष टिका राम आचार्य,सरोकार समाजका कुमार पुरी, सौगात सुबेदी लगाएतले झापाली समाजले गरेका मानबिय सेवाका कार्यहरु, कुवेतको नेपाली समाजमा हातेमालो लगाएतको प्रशंसा गरेका थिए भने नयाँ बन्ने समितीलाई शुभकामना दिएका थिए। 

कार्यक्रमा झापामा शब बहान सन्चालनमा ल्याइएको तथा अन्य मानबियकामहरु अनी आय-ब्ययको विवरण कोषाध्यक्षले प्रेश गरेका थिए भने अन्तराष्ट्रिय झापाली समाजका आइसिसी सदस्य अर्जुन बस्नेतले अन्तराष्ट्रिय झापाली समाजले पठाएको पत्र पढेर सुनाएका थिए। 

झापाली समाज कुवेतको तेस्रो महाधिवेशनद्वारा सर्वसम्मत नयाँ कार्यसमितिको नामावली यस प्रकार छ।
मानार्थ सल्लाहकार- भोगेन्द्र लिङ्देन,सल्लाहकारहरु- ध्रुबकुमार संग्रौला, छत्र कार्की,अर्जुन बस्नेत, तोयानाथ दाहाल
अध्यक्ष- लोमस बास्तोला 
उपाध्यक्षहरु:-रामजी अधिकारी, राजु धिमाल 
महासचिब- गोविन्द प्रसाद तिम्सिना
सचिब - प्रेम कार्की
कोषाध्यक्ष - लिला पान्डे 
सह-कोषाध्यक्ष - गोविन्द न्यौपाने 
महिला संयोजक - छबिमाया पौडेल 
अन्तरास्ट्रिय झापाली समाज केन्द्रिय सदश्य-अर्जुन बस्नेत 
कार्यकारी सदश्यहरु - दिपेन्द्र कार्की,बिपिन संग्रौला,राम न्यौपाने, सान्तिराम ढुंगेल, शोमकुमार मेचे, शन्तकुमार अधिकारी, नारायण भट्टराई,बिष्णु कुमार घिमिरे, युबराज भन्डारी, कमला कार्की, युबराज खनाल, बिरेन्द्र कार्की, रोजिना ढुंगाना