11 Baishak, 2075 | 24 April, 2018 Tuesday

तीताेपाटी डट कम − रामपुर यातायात समिति रामपुर पाल्पाले रात्री बससेवा थप गरेको छ । पुर्विपाल्पाको रामपुरमा मुख्य कार्यालय रहि रामपुर देखि बर्दघाट त्रीबेणि सुस्ता पुर्व नवलपरासीको पहाडि क्षेत्र डेढ्गाऊमा शाखा सम्पर्क काउन्टर खोलि यातायात सञ्चालन गरिरहेको छ।

हाल रामपुरदेखि पुर्व डेढगाऊ सम्म मात्र दिवा जिप र बस सेवा दिएको यातायातले आजदेखि रामपुर डेढगाऊ हुदै काठमाण्डौ सम्म रात्री बससेवा समेत शुचारु गरेको छ।

यातायात समितिका उपाध्यक्ष खिम बहादुर केसी(पुर्षोतम)को अध्यक्ष्तामा र बुङ्दीकाली गाऊपालिकाका उपाध्यक्ष मायादेबि श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको यातायातसेवा उदघाटन कार्यक्रममा बुङ्दीकाली गाऊपालिकाका कार्यकारी प्रमुख कृष्ण प्रसाद ज्ञवाली,वार्ड न. २ डेढगाऊका वडाध्यक्ष बाल प्रसाद ठाडा,डेढगाऊ माबिका प्र. अ राम बहादुर श्रेष्ठ,समाजसेवि श्यामसुन्दर श्रेष्ठले शुभकामना मन्तब्य दिदै सेवा सफलताको कामना गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले यातायात सेवाले नवलपरासीको पहाडी भेगका जनताले समेत सेवा  पाउने हुदा सेवा सञ्चालनमा गाऊपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । समितिका महासचिव बिनोद श्रेष्ठको स्वागतबाट शुरु भएको उदघाटन कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख भेषराज पोख्रेलले गर्नु भएको हो ।

रामपुर यातायातले पाल्पा रामपुर देखि दैनिक दिवा तथा रात्री सेवा यस क्षेत्र लगायत बुटवल, तानसेन,स्याङजा,तनहु,पोखरा,काठमाण्डौ सम्म दिईरहेकोछ।