12 Baishak, 2075 | 25 April, 2018 Wednesday

हरि कृष्ण न्यौपाने-कुवेतमा नेपाली कामदारहरुको संख्या बढ्दै गए संगै बिभिन्न अबैधानिक कामहरुमा नेपाली कामदारहरुको संलग्नताले नेपाल र नेपाली कामदारहरु प्रती गरिने व्यबहार अनी विश्वासमा पनि संकट पर्न थालेको छ।केही बर्ष पहिले सम्म पनि कुवेतको सिभिल आइडीमा नेपाली नागरिक लेखेको देखे पछी ति कामदारहरुलाई कुवेत प्रहरीले समेत जेन(राम्रा)नेपाली भन्ने गर्दथे भने आज भोली स्थित उल्टिएको छ।केही कम्पनिहरुले नेपाली कामदारले खराब चरित्र प्रदर्शन गर्ने, आन्दोलन गर्ने, राम्रो काम नगर्ने र रक्सी पिएर डिउटीनै नजाने कारणले नेपाली कामदारहरु प्रती कम विश्वास गर्न थालेको सुनिन्छ भने नेपाली नागरिकलाई कुवेत प्रहरीले पनि चेक जाँचका क्रममा बिशेष निगरानी गर्दछ।

कुवेतमा लामो समय देखी काम गर्दै नेपाली समाजमा हातेमालो गर्दै आएका एक सामाजिक अभियान्ताले आफ्नो अनुभबलाई सुनाउदै भने"कुवेत प्रहरीले चेक गर्दा बिशेष गरी सबारी साधनमा नेपालीले चलाएको सबारी साधानलाई बिशेष निगरानी गरिन्छ"कतै लागू औषध वा घरेलु मदिरा(रक्सी) त छैन भनेर।" उनले भाबुक हुँदै भने" मैले केही दिन देखी कुवेतको महाबुल्ला र फर्वानियामा नेपाली नागरिकले नै नेपाली चेलीहरुलाई राखेर यौन धन्दा चलाऊने गरेको सुनेको छु।म सत्य तथ्य र गलत सुचना नजाने तरिकाले वास्तविकता खोज्दै छु।" उनले भने"वास्तविकता पत्ता लाए पछी नेपाली दुताबास वा कुवेत प्रहरीको सहयोगमा उक्त ठाउँलाई छापा मार्न सहयोग गर्ने छु।"कुवेतका एक सामाजिक अभियान्ताले यि कुरा राखे पछी भन्नै पर्ने हुन्छ"साबधान !कुवेतका मुजेन(नराम्रो-अबैधानिक)काम गर्ने नेपालीहरु, फसिएला है..!
 
त्यसो त सन २०११-१२ तिर पत्रकार मित्र बाल कृष्ण घिमिरे, सुजन केसी र मैले नवलपरासीकी मनिषा बिक(नाम परिवर्तन)लाई ८ महिने कोठीको नजरबन्दबाट उद्दार गर्दा पनि धेरै कठिनाइ भोगेकै हो।त्यती मात्र होइन सन २०१३ ताका तत्कालिन एनआरएनए अध्यक्ष राजेन्द्र तामाङ र दुताबासको सहयोगमा अबुहालिफामा बन्दक बनाइएकी नेपाली चेलीलाई कोठी मुक्त गराइएको थियो।

यता कुवेतका पत्रीकाहरुको हेड्लाइन बन्ने प्राय: समाचारमा हरेक महिना जस्तो नेपालीहरुद्वारा घरेलु मदिरा(रक्सी) उत्पादन र बिक्रीका कुराहरु कम भएका छैनन भने होम डेलिभरीका नाममा लागू औषधको डेलिभरी गर्ने/गराइनुमा नेपालीहरुको संलग्नता हुन पनि कमी भएको छैन।

एक ताका लागु औषध कारोबारमा संलग्न भनिएका ६ जना नेपालीलाई मृत्‍यु दन्डको सजाँए सुनाइएको वास्तविकता अझै लुकेको छैन।ती मध्ये केही आजिबन त केहीलाई वकिलको सहायताले बर्षौको जेल सजाय तोकिएको छ भने केही महिना पहिले दुताबासले दिएको जानकारीमा ६० भन्दा बढी नेपाली कामदार लागु औषध कारोबारमा समातिएर कुवेतको जेलमा बस्न वाध्य छन।


उता नेपाल सरकारले सन २०१४ मार्चबाटै अधिकारिक रुपमा नेपाली घरेलु महिला कामदारहरुलाई कुवेत आउन रोक लागाए पनि चोर बाटो समाएर वा सेटिङमा बिभिन्न बाटो हुँदै कुवेत आउने नेपाली चेलीहरुको अवस्था अझ दयनिय छ।कती चेलीले आएको हप्ता-दुई हप्तामै आत्महत्या गरे भने कती भागे अनी भगाईएर बैधानिक हुँदै लुकेर काम गरिरहेका छन।जबसम्म सरकारले “ढोका बन्द गरेर झ्याल खोलेर” नेपाली महिलाहरुलाई अबैधानिक बाटो हुँदै सराकारी तथ्याङ बिनानै कुवेत पठाउनेलाई कारबाही गर्न सक्दैन तब सम्म धेरै अम्बा हमालहरु महिनावारी बिग्रिएर समयमा उपचार हुन नपाएर एजेन्टबाट थुनिएर रगतमा डुब्नु पर्ने बाध्यता रहिरहन्छ।त्यति मात्र होइन ७ बर्ष सम्म कोमामा रहेकी मकवानपुरकी शान्तीमाया दोङले बोल्न नसक्दैमा संसार छोडिन भने ३ बर्ष सम्म मानशिक अस्पातलमा रहेकी सिन्धुपाल्चोककी अनिशा बिकले सत्य गर्भमै राखेर संसार त्यागिन।

त्यसै गरी घरेलु महिला भाग्नु-भगाईनु, ठग्नु-ठगिनु र अबिधानिक हुन र अबैधानिक हुने बाताबरण श्रीजना गर्ने पनि हामी नेपाली नै हौ।
सन २०१८ भित्र कुवेत सरकारले करिब १ लाख अबैधानिक आप्रबासी कामदारहरुलाई बिशेष चेक जाँचबाट पक्रिएर देश निकाला गर्ने बताइ सकेको छ। त्यसैले कुवेतको कानुनले अबैधानिक भनेका कामहरु गर्नु र गराउनु पूर्व एक पटक सोचौ र अरुलाई पनि अबैधानिक काम गर्नबाट बच्न सचेत बनाउ। मुजेन(नराम्रा)नेपालीहरु होईन, जेन(राम्रा र इमान्दार) नेपालीहरु भन्ने बाताबरण श्रीजना गरौ।