12 Baishak, 2075 | 25 April, 2018 Wednesday

हरि कृष्ण न्यौपाने-फुड एन्ड बेभ्रेज क्षेत्रको ग्राहक सेवामा राम्रो अनुभब बटुलेका उत्साहित नेपाली युबाहरुको सामुहिक लगानीमा कुवेतको साल्मियामा डाम्पा लाउन्ज (Dampa Launge) नामक सिफुड रेस्टुरेन्ट सन्चालनमा आएको छ।कुवेतमा नेपाली ग्राहकहरुको मन जित्न सफल चौतारी नेपाली रेस्टुरेन्टका सन्चालक मध्येका प्रेम गुरुङ लगाएत चित्र राइ,राणाध्वज लामा तथा अन्य नेपालीहरुको संयुक्त लगानीमा अन्य रेष्टुरेन्टहरु भन्दा फरक किसिमको सेवा सुबिधाका साथ सिफुड बिशेष रेष्टुरेन्ट डिसेम्बर २४-२०१७का दिनबाट ईजिप्ट तथा भारतका बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु सहितका कार्यक्रमका बिच सन्चालनमा ल्याइएको हो।

सन्चालक मध्येका प्रेम गुरुङले तीतोपाटी डटकम सँग भने"सल्मिया स्थित सुक-सल्मियाको एमआरजी बिल्डिङको अगाडि अल्गानियमको लाइनमै उक्त रेस्टुरेन्ट तीन तल्लमा सन्चालनमा ल्याइएको हो।कतार, दुबइ, फिलिपिन्समा राम्रो ब्यापार गरेको डाम्पा लाउन्ज (Dampa Launge) रेष्टुरेन्ट राम्रो सेवा, सुबिधाका साथ सिफुडहरुको फरक र स्वादिस्ट स्वादका साथ खोलिएको हो।उनले भने" सुबिधा सम्पन्न र शान्त वातावरण रहेको रेष्टुरेण्टमा १ सय जनाको पार्टी हल, भुई तल्ल्लामा ३० जना र पहिलो तल्लामा ८० जनाको क्षमता रहेको डाईनिङ रहेको छ ।प्रेमले थपे"नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि हार्दिक निमन्त्रणा तथा स्वागत स्वागतको लागी प्रतिक्षामा छौ।"

अहिले सिफुड स्पेशल परिकारहरुलाई मात्र समाबेश गरिए पनि छिट्टै चाइनिज र जापानिज फुडलाई थपिने संचालकहरुले बताएका छन।उनिहरुले नेपाली ग्राहकहरुलाई मध्यनजर राख्दै नेपाली खाना म:म:लाई पनि थप गर्ने कुरा भईरहेको बताए।

केही समयमै अनलाइन होमडेलिभरी "तालाबात डटकम"बाट पनि सुबिधा उपलब्ध गराउने संचालकहरुले जानकारी गराएका छन।