8 Magh, 2074 | 22 January, 2018 Monday

तीतोपाटी डटकम-कुवेतको मरुभुमीलाई करिब २ दशक कर्मभूमी बनाएर फर्किएका बाल कुमार(बालक)गुरुङकाे तेस्राे गीति एल्वम "सुर सुगन्ध" बिमाेचन भएकाे छ।गत ७ गते पाैष २०७४ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेष कार्यक्रम सहित उक्त बिमोचन समारोह सम्पन्न भएको हो।

बिमाेचन कार्यक्रम फ्लिम  निर्देशक तथा वरिष्ठ गीतकार यादव खरेलकाे प्रमुख आतिथ्यमा भएकाे थियाे। संगित कृतिकाे बारेमा साहित्यकार तथा वरिष्ठ गीतकार राेजेन्द्र थापा र वरिष्ठ संगितकार बुलु मुकारुङले समालाेचना गर्नु भएकाे थियाे भने बिमाेचन कार्यक्रमकाे सभापतित्व गीतकार संघ नेपालकाे अध्यक्ष चुडामणी देवकाेटाले गर्नु भएकाे थियाे।उपस्थित ब्यक्तित्वहरुलाई गीतकारसंघकै उपाध्यक्ष भरत बम्जनले स्वागत गर्नु भएकाे थियाे।अाफ्ना संगीत कृतिकाे बारेमा गीतकार बालक गुरुङले  बाेलेका थिए भने बिमाेचन समाराेहमा स्यंम बालक गुरुङद्वारा संगितबद्द भएकाे गीत बरिष्ठ गायक दिपक खरेलले गाएको गित "म त मायाँ तिमीलाई नै गर्छु" काे म्युजिक भिडियाे सार्वजानिक गरिएकाे थियाे । म्युजिक भिडियाे राेजल थापाले निर्देशन गरेका छन भने नारायण, क्रिष्टिना र राेहितले अभिनय गरेका छन।

एल्वम "सुर सुगन्ध" मा रेकर्डिङ भएका गीतहरु सवै बालक गुरुङका सृजना हुन भने बालकले ४ गीतमा संगित गरेका छन भने स्वरुपराज अाचार्य र युवराज गुरुङले १, १ गीत संगीत दिएका छन । उक्त एल्वमका गीतहरु चर्चित गायकहरु सत्यराज अाचार्य, स्वरुपराज अाचार्य, राजेश पायल राई, मेलिना राई, युवराज गुरुङ र बरिष्ठ गायक दिपक खरेलले गाउनु भएकाे छ । बिमाेचन कार्यक्रम गीतकार संघ नेपालले अायाेजना गरेकाे थियाे । गुरुङका एल्वम सुर सुगन्ध पंचम म्युजिक प्रा लि ले बजार ब्यवश्थापन गरेकाे छ भने उक्त बिमाेचन कार्यक्रमकाे पुनित अवशरमा पंचम म्युजिक प्रा लि ले, नेपाली गीत संगितमा लामाे समय देखि याेगदान दिंदै अाउनु भएका चर्चित वरिष्ठ गायक दीपक खरेललाई दाेसल्ला अाेडाई प्रमाण पत्र सहित संमान गरेकाे थियाे ।

कुवेत र इराकमा काम गर्दाका बैदेशिक भोगाइलाई कृतिहरुमा समेटदै प्रकाशित गरी सकेका बालक गुरुङका बिभिन्न गीतहरु नेपालका ख्याती प्राप्त कलाकारहरुको सुमधुर स्वरमा संग्रहित छन।

"म त मायाँ तिमीलाई नै गर्छु"काे म्युजिक भिडियाे: