9 Magh, 2074 | 23 January, 2018 Tuesday

तीतोपाटी डटकम-सिन्धुपाल्चोक सेवा समाज कुवेत को सकृयतामा अाह्वन गरिएको अपांग निरोज नेपाली सहयोग अभियानमा संकलन भएको ५२९ कुवेति डिनार ( १ लाख ७८ हजार ७४० रुपैयाँ ) पिडित को राहत कोषमा जम्मा गरिएको छ

डिसेम्बर-२३ तारिक आइतबार अपांग निरोज नेपाली अध्यनरत बालशिक्षा माध्यामिक बिद्यालय बलेफि गा.पा. ७ खाडिचौर-सिन्धुपाल्चोकको ५३ अौ बार्षिक उत्सव तथा अविभावक भेलाको बिषेश अबसर पारेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।सिन्धुपाल्चोक सेवा समाज कुवेतका अध्यक्ष माधव पौडेलका अनुसार निरोजको तत्काल उपचार सम्भब नभएको डक्टरहरुले बताएको र बरीष्ट न्युरो सर्जनहरु संग परामर्श गरि राखिएकोले अहिले उक्त सहयोग रकम लक्ष्मी बैकमा वडा प्रतिनिधि कार्केल लामा,बिद्यालय प्रधानाध्यपक बासु पौडेल तथा निरोजका बाबु अम्बर बहादुर नेपालीको नाममा संयुक्त खाता खोली राखिएको छ।
बाँकी भिडियोमा :-