9 Magh, 2074 | 23 January, 2018 Tuesday

हरि कृष्ण न्यौपाने- लामो समय देखी कम्पनीमा काम तथा पारिश्रमिक बिहिन र प्राय: कामदारहरुको भिसा नबिकरण समेत नभएका कारण बिचल्लीमा परेका नेशनल खरापी कम्पनीमा कार्यरत अलपत्र नेपाली कामदारहरु मध्ये नेशनल खरापी पीडित राहत सङकलन समितिको सहयोगमा डिसेम्बर २६ तारिक दुई जना नेपाल फर्किएका छन।

यसरी नेशनल खरापी पीडित राहत सङकलन समितिको सहयोगमा हवाइ टिकट पाएर फर्किनेमा बाग्लुङका मिन बहादुर बिक र तनहुँका टिका बिक छन भने उनिहरुलाई डिसेम्बर २५ तारिक राती अनी २६ तारिक बिहान छुट्टा-छुट्टै उडानबाट नेपाल फर्काइेको हो।


यसै बिच नेशनल खरापी पीडित राहत सङकलन समितिका सचिब राज क्षत्रीले तीतोपाटी डटकम सँग कुरा गर्दै नेशनल खरापी कम्पनीमा कार्यरत बाँकी अलपत्र नेपाली कामदारहरुलाई कसरी छिट्टै नेपाल पठाउन सकिन्छ र अस्पतालको बेडबाटै दिल्ली पुर्याइएर बस मार्फत नेपाल पुगी हाल कोहलपुर अस्पतालमा उपचार गराइ रहेकी अम्बा हमालको विषयमा आज डिसेम्बर-२७ तारिक बिहान ११:०० बजे नेपाली दुताबासमा पुन:बिशेष छलफल भएको छ।क्षत्रीले भने हामी सम्भब भए सम्मका पत्रकार र नेपाली संघ-संस्थाका पधाधिकारीहरुलाई नेपाली दुताबासमा आउनको लागि अनुरोध पनि गर्छौ।

नेपाल कुवेत सरोकार समाजका अध्यक्ष दिल स्याङ्बोको संयोजकत्वमा गठित नेशनल खरापी पीडित राहत सङकलन समितिले डिसेम्बर-२७ तारिक बिहान ११:०० बजे नेपाली दुताबासमा हुने छललफलमा निम्न बिषयमा छलफल गरिने समितीले जानकारी दिएको छ।

१.अहिले सम्म नेपाल सरकारले खराफीमा अलपत्र परेर घर फर्कन बाँकी २५० भन्दा बढी नेपालीहरुलाई कसरी र कहिले सम्म घर फर्काउनको लागि काम गरी रहेको छ? सम्बन्धित निकायको कार्य प्रगतीबारे     
२-अस्पतालको बेडबाटै दिल्ली पुर्याइएर बस मार्फत नेपाल पुगी हाल कोहलपुर अस्पतालमा उपचार गराइ रहेकी अम्बा हमालको एजेन्टलाई कारबाही र क्षतिपुर्तीका बारेमा
३- देश निकालाको प्रकृया गरेरै(डिपोर्टेशन मार्फत)घर जान चाहने १६ जना नेपालीहरुको कानुनी प्रकृयाको बारेमा छलफल गर्दै तत्काल हवाइ टिकट उपलब्ध गराउन राहत समिती मार्फत सबैलाई अनुरोध गर्ने।
४- नेपाल सरकारको सम्बन्धित निकायहरुलाई कुवेतमा अलपत्र कामदारहरुको छिटो भन्दा छिटो फिर्तिका लागि आबहान गर्ने  

त्यसै गरी नेशनल खरापी पीडित राहत सङकलन समितिले हिजो क्रिशमस बिशेष कार्यक्रममा १२८ केडी सहयोग सन्कलन गरेको र सन्कलन कार्य जारी राखेको छ।साथै सबै कुवेतमा कृयाशिल नेपाली सघ-सस्थाहरु र सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई स्वस्फुर्त रुपमा हातेमालोका लागि अनुरोध गर्दै सके सम्म छिटो राहत सहयोग रकम संकलन गर्न सबैलाई अनुरोध गरिएको छ।
सहयोग र हातेमालोका लागि:-
संयोजक – दिल स्याङ्बो-६०९८२१४४, ६०९३१६३४
उप-संयोजक – माधब पौडेल -५५०२०७७९
सचीव – राज क्षेत्री- ६५१२३६२८
सदस्य- निरज ठकुरि-६०४४७२९५, प्रेम जिमि-६७६०१९७०, राजन श्रेष्ठ-९४७४०५५६, दिल बहादुर पाख्रिन-५०४४९६२९