11 Baishak, 2075 | 24 April, 2018 Tuesday
मेसेन्जरमा कुरा(कबिता)
2017-12-27 | तीतोपाटी डटकम

मेसेन्जरमा कुरा(कबिता)

टाइप गर्दा लाग्छ टाइम, कल गरौं छिटो,
हेरा हेर गरिकन, कुरा हुन्छ मीठो।
जमानाले इमो, भाईबर,मेसेन्जरमा कुरा,
दिल खुशी हामी दुईको, मनको इच्छा पुरा।।  
 
तिमि बेडमा पल्टिएर, हेरिरहनु मलाई,
यताबाट कुरा गर्छु, मुटु जलाइ जलाइ।
तिमि उता रसाएर, चिसो चिसो भाकी,
हेरि राछु एकोहोरो, मुटु भित्र राखी। ।

भोक छैन, निन्द्रा छैन, प्यास पनि छैन,
तिमी धेरै प्रिय, टाढा भेट हुने आश छैन।
तड्पी तड्पी बाच्नु, पर्ने फोटो हेरि हेरि,
अनलाइनमा आउदै गर्नु, तिमी फेरि फेरि।  
कस्तो मीठो कस्तो गजब, यो मनको धोको,
यथार्थ र वास्तविक खोलिदिए पोको
    
       छवि राम सुनार ( निर्दोष )
         डेढ गाउले भान्जा
          नवलपरासी
         हाल कुवेत