11 Baishak, 2075 | 24 April, 2018 Tuesday

छवि राम सुनार - इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस नेपाली चर्च कुवेत सिटीले  डिसेम्बर 25 तारीखका दिन  कुवेतमा रोजगारीको सिलसिलामा रहेका नेपाली समुदायले धुमधामका साथ मनाएको छ ।

इसाई धर्मका प्रवर्तक जिसस कक्राइस्टको जन्मोत्सवको खुसियालीमा चर्चमा प्रार्थना तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरि क्रिसमस मनाइएको हो । पास्टर अगम लिम्बुले धार्मिक प्रबचन दिएका थिए, भने कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत यज्ञ बहादुर हमाल थिए । विभिन्न सघं सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित  प्रतिनिधिहरुले क्रिसमसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

नेपाल बाट आएका कलाकार राजेश राइले धार्मिक गित  गायर सबैलाई छमछमी नचाएका थिए र कुवेतमा कार्यरत क्रिस्चियन कलाकारहरुले  पनि प्रस्तुति दिएका थिए । प्रमुख अतिथि महामहिम राजदुत यज्ञ बहादुर हमालले क्रिसमस र आउदै गरेको नयाँ अङ्ग्रेजी वर्ष 2018 को  अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कुवेतमा कार्यरत नेपालिहरुले उत्साहित भएर सकारात्मक काम गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई दिवा भोजको पनि व्यवस्था मिलाइएको थियो ।