8 Magh, 2074 | 22 January, 2018 Monday

हरि कृष्ण न्यौपाने-दुबै खुट्टा नचल्ने तथा ढाडमा मासु पलाएर पाकेको(ऐजेरु)को उपचार गराउन नसकेर सुत्न समेत नस्क्ने गरी पूर्ण अपांग बनेका सिन्धुपाल्चोक माङ्खाका १५ वर्षका निरोज नेपालीलाई सहयोगका लागि सिन्धुपाल्चोक सेवा समाज कुवेतद्वारा अभियान सन्चालन गरी संकलित रकम नेरु-१,७८,७४०/-(एक लाख अठहत्तर हजार सात सय चलिस) अपांग निरोज नेपालीलाई हस्तान्तरण गरिएको छ।

डिसेम्बर-२३ तारिक आइतबार अपांग निरोज नेपाली अध्यनरत बालशिक्षा माध्यामिक बिद्यालय बलेफि गा.पा. ७ खाडिचौर-सिन्धुपाल्चोकको ५३ अौ बार्षिक उत्सव तथा अविभावक भेलाको बिषेश अबसर पारेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।सिन्धुपाल्चोक सेवा समाज कुवेतका अध्यक्ष माधव पौडेलका अनुसार निरोजको तत्काल उपचार सम्भब नभएको डक्टरहरुले बताएको र बरीष्ट न्युरो सर्जनहरु संग परामर्श गरि राखिएकोले अहिले उक्त सहयोग रकम लक्ष्मी बैकमा वडा प्रतिनिधि कार्केल लामा,बिद्यालय प्रधानाध्यपक बासु पौडेल तथा निरोजका बाबु अम्बर बहादुर नेपालीको नाममा संयुक्त खाता खोली राखिएको छ।

सहयोग रकम हस्तानतरण कार्यक्रम बाल शिक्षा माध्यायामिक बिद्यालय ब्यबस्थापना समितीका अध्यक्ष झनक प्रसाद तिमल्सिनाको सभापतित्वमा भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा १ का सभासद अग्नि प्रसाद सापकोटा,प्रदेश (ख) सभासद सरेश नेपाल,दामोदर पराजुली, सुनकोशी क्याम्पस प्रमुख कृष्ण प्रशाद आचार्य, वडाध्यक्ष कार्केल लामा, ज्ञानेन्द्र पौडेल, पत्रकार अमित घिमिरे लगायत अबिभाबकहरुको उल्लेख्य उपस्थिती थियो।

यसै बिच टुकी संघ शुनकोशीका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेल तथा पत्रकार अमित घिमिरेले सहयोग हस्तान्तरणमा बिषेश सहयोग गरेका थिए भने सिन्धुपाचोक सेवा समाज कुवेत मार्फत प्रबासबाट मानबिय सहयोग गर्ने सम्पूर्ण कुवेतबासी सहयोगिहरु प्रती बक्तहरुले आभार ब्यक्त गरेका थिए।

यसै बिच सिन्धुपाल्चोक सेवा समाज कुवेतले तीतोपाटी डटकम मार्फत निरोज नेपाली सहयोग अभियानमा सहयोग गर्दै हातेमालो गर्ने सम्पूर्ण सहयोगीहरुलाई बिषेश धन्यबादको साथ आभार ब्यक्त गरेको छ। 


अपांग निरोज सहयोग अभियानमा सहयोग गर्नेहरुको नामावली यस प्रकार छ:-

कल्याणकारीको अधिबेशनबाट-५५.५ के डि
लुम्बिनी समाजको दिप प्रजवल्न कार्यक्रममा-३७ केडी
मगर संघ कुवेतको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा-१०६ केडि
कोसेली समुहको बैठकमा- १८ केडी
किरातिहरुको उधौली बिशेष कार्यक्रमबाट- ७१.५ केडी  
तामाङ घेदुङको अधिवेशनमा-७९.५केडी
सुदुरपश्चिम सेवा समाजबाट-१६ केडी
राजेन्द्र तामाङ- २१केडी
बिकाश तामाङ-१३.२५केडी
पुष्कर सिंह धामी-११.५केडी  
रमेश पाल्पाली ११ केडी
माधब पौडेल ११केडी
राम कार्की १०केडी
अाश्मा राई १०केडी
हरिकृष्ण न्यौपाने ६केडी
सुवास क्षेष्ठ ६केडी
हर्क ढुङ्गाघरे ५केडी
राजेन्द्र बिरहि ५केडी
साम्पाङ माया राई ५केडी
रोशन पाख्रिन ५ केडी
राजन क्षेष्ठ ५केडी
सिम्रन मोक्तान ५ केडी
बिश्व क्षेष्ठ ५केडी
पुण्य बहाुदर बुडाथोकि ५केडी  
निमा तामाङ १ केडी
कृतिमाया तामाङको हातबाट अन्य सहयोग ५केडी