12 Baishak, 2075 | 25 April, 2018 Wednesday

तीतोपाटी डट कम- स्वास्थ्य समस्या आम नेपालीको साझा समस्या हो दुर्गम मात्रै हैन, सुगम भनिएका ठाउँका नागरिकले समेत भरपर्दो विश्वासिलो स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेको अवस्था छैन काठमाडौं, बिराटनगर, पोखरा लगाएत केही सिमित शहरहरुमा वाहेक अन्य क्षेत्रका जनता अझै भगवान भरोसामा बाँचिरहेका छन् भन्दा अत्युक्ति नहोला सरकारले बितरण गर्ने भनेको निशुल्क औषधीबारे कति नागरिकलाई थाहासम्म छैन


खासगरी दुर्गमका जिल्लाहरुमासमयमा औषधी नपुग्नेतथाचिकित्सक नै नबस्नेसमस्याका कारण कैयूं नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्थालाई देखेर डक्टर बनेर गाउँका जनताको सेवा गर्ने सपना बोकेका कालिकोट ठानाका ठम्म बीर बिक्रम शाहीको सपना यतिबेला पुरा हुँदैछ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमविविएस सकेर हेल्पिङ हेण्ड चावहिलमा कार्यरत शाही इन्टर्नशीप सक्ने वित्तिकै औषधीको जोडजाम गरी कालिकोट पुगे पाँच/सात जनाको शाहीको टिमले जिल्लाको बिभिन्न दुर्गम गाउँहरुमा दशवटा शिविर मार्फत करीब २५ सयभन्दा बढी नागरिकलाई सेवा दिएर फर्कियो डक्टरलाई सेवा गर्ने पेशाका रुपमा लिँदै अघि बढ्दै गरेको डा. ठम्म बीर बिक्रम शाहीसंग कालिकोटका नागरिकको स्वास्थ्य समस्या त्यसको समाधानका लागि उनको भावि योजनाबारे प्रशासन डटकमका लागि एसराज उपाध्यायले गरेको कुराकानी


 कालिकोटमा जन्मिनु भयो, डक्टरको पढाइ सकेर अहिले राजधानी काठमाडौंमा काम गर्दै हुनुहुन्छ, डक्टर तर्फ आकर्षित हुनुको कारण ?

मा सानैदेखि समाजसेवा गर्नुपर्छ आफ्नो गाउँघरलाई हेर्नुपर्छ भन्ने भावना थियो बाल्यकालमा सबैको डाक्टर इन्जिनियर पढ्ने सपना हुन्छ, मेरो पनि त्यस्तै सपना थियो अहिले डक्टर बनेर सोही सपनालाई सार्थक बनाउने प्रयासमा छु


पढाए सकिए लगत्तैस्वास्थ्य शिविरलिएर कालिकोट पुग्नुभयो कति जनालाई कस्तो सेवा दिनुभयो ?

हामीले कार्तिक महिनाभरी कालिकोटमा दश वटा हेल्थक्याम्प गर्यौं भविश्यमा कर्णाली भरी नै हेल्थक्याम्पहरूको आयोजना गर्ने योजना


जिल्लाका दश वटा दुर्गम गाउँहरु जस्तोः भर्ता, राजवारा, ठाना, सुक्काटिया, मग्राहा, कुनी, ओदानकु, चिलखाया, जुमिथा फूईमहादेव लगायतका ठाउँमा हेल्थ क्याम्प गरिसकेका छौं अन्य दुर्गम क्षेत्रहरुमा जस्तै कालिकोटका जनताले पनि बिभिन्न खाले स्वास्थ्य समस्याहरु भोग्दै आउनु भएको जसमध्ये शिविरका क्रममा रूघाखोकी, श्वासप्रश्वास, निमोनिया, पेट दुख्ने, कुपोषण लगायतका समस्या भएका बिरामीहरु सबैभन्दा धेरै देखिए


बयस्कहरुमा हाडजोर्नि सम्बन्धि समस्या एकदम धेरै रहेको भने ढाडसम्बन्धि समस्या पनि त्यतिकै मात्रामा महिलामा पाठेघरसम्बन्धि समस्या धेरै त्यसैगरी बृद्धबृद्धाहरुमा टाउको दुख्ने, मन आत्तिने खालको साइकोलोजिकल्लि समस्या पनि देखिएको त्यसमा हामीले उपचार देखि काउन्सेलिङसम्म गर्यौं


कालिकोटमा चुरोट बिँडी खाने मान्छे धेरै छन् जसको कारणले धेरै मानिसहरुमा श्वास प्रश्वासको समस्या भेटियो दमको रोगको समस्था पनि धरै थियो सिओपिडी जस्ता रोगहरू पनि भेटियो तर, त्यस्तालाई हामीले रिफर गर्यौं त्यस्तो रोगको क्याम्पमा उपचार गर्न सम्भव हुँदैन डाइग्नोसिस नभएसम्म उपचार गर्न मिल्दैन सामान्य उपचार गरेर जिल्ला अस्पताल पठायौं एउटा हेल्थ क्याम्पबाट मात्रै सबैकुरा गर्न सकिदैन हामीले त्यहाँ, सामान्य उपचार देखि चेकजाँचका क्रममा देखिएका समस्याहरुलाई रिफर लगायतका काम गर्यौं


दश ओटा क्याम्पबाट हामीले २५ सय भन्दा बढीलाई सेवा दिएका थियौं बाटोमा हिड्दै गर्दा भेटिएका बिरामीहरूको पनि हामीले जाँच गर्दै गयौं सुझाव पनि दियौं भने हामीसँग भएको औषधी पनि बाड्यौं


शिविरका लागि औषधि चाहिन्छ, महिनौं बस्नुपर्दा खर्च पनि लाग्छ नै, स्रोत कसरी जुटाउनु भयो ?

डक्टर पेसा भनेकै सेवा गर्ने पेसा हो त्यसैमाथी आफ्नो विकट क्षेत्र अस्पताल जानको लागि पनि दश पन्ध्र घण्टा हिडेर जानुपर्छ त्यस्तो ठाउँबाट आएको हुनाले डाक्टर बनिसकेपछि आफ्नो ठाउँलाई केही गरौं भन्ने भावनाले शिविर संचालन गरेको हो यही क्रममा स्वास्थ्यसँग सम्बन्धित मान्छेलाई जम्मा गरेर शिविरको आयोजना गरियो


शिविरका लागि चाहिने औषधिका लागि पहिले आफुले कति सकिन्छ त्यो जम्मा गर्यौं बाँकी नपुगेको साथीहरूलाई भनेर व्यवस्थापन गरियो हामीले केही मेडिकल रिप्रजेन्टिभ (एमआर)सँग पनि स्पोन्सरको लागि आग्रह गर्यौं यसरी संकलन गरिएको औषधीले दश वटा क्याम्प सञ्चालन गर्न सकियो आगामी दिनमा पनि यस्ता सहयोगि हात पायौं भने अझै धेरै गर्ने सोच


शिविर संचालका क्रममा तपाइले देखे/भोगेका तिता यथार्थहरु के रहे ?

त्यहाँ राम्रो ठाउँमा गएर उपचार गर्नुहोस्, रोगलाई पाल्नुभयो भने भोली यस्तो खाले गम्भिर समस्या आउन सक्छ भनेर सुझाव दिने मान्छेको समेत कमि जस्तोः लडेर घाउ बनेको हुन्छ, त्यो घाउ बोकेर बसेको हुन्छ पेन्किलरसम्म नपाउने अवस्था त्यहाँको हेल्थपोस्ट तथा पिएचसीहरूमा


औषधीको एकदमै अभाव प्राथमिक स्वास्थ्य केन्द्रमा पनि औषधीको अभाव नै जनशक्तिको पनि कमि जिल्ला अस्पतालमा जना डाक्टरको दरवन्दि हो तर, तीनचार जना मात्रै हुने गरेका छन्

गृह जिल्ला कालिकोटका लागि तपाइका अवका योजना के छन् ?

जिल्ला अस्पताल तर, त्यहाँ प्रयाप्त डक्टर छैनन् यद्यपी जति जना हुनुहुन्छ उहाँहरूले राम्रै गरिराख्नु भएको विभिन्न ठाउँमा हेल्थपोष्ट पीएचसी हेल्थपोष्टमा एचएको दरबन्दी हुन्छ पीएचसीमा एक जना डाक्टर हुनुहुन्छ तर हेल्थपोष्टमा एचए नभएर सिएमएहरू बसिरहेको अवस्था

जिल्ला स्वास्थ्य कार्यालय नजिकै थुपै्र मेडिकलहरु खोलिएका छन् ति सिएमए/एचएहरूले संचालन गरेका हुन्छन् लिगल्ली रुपमा त्यो खोल्न पाउँदैन बिरामी सरकारी अस्पतालमा नगएर मेडिकलमा गएर उपचार गर्ने गरका छन्

गाउँबाट आएको बिरामीलाई पनि कतिपयले मेडिकलमै गएर उपाचार गरेर घर फर्काउने गरेका छन् उनीहरूलाई थाहा हुँदैन हस्पिटल हो की के हो भनेर सामान्य रोग हो भने ति मेडिकलले दिएका औषधि खाएर ठिक होला तर ठुलो रोग भए उहाँहरूले झनै दुःख पाउने स्थितिको सिर्जना भइरहेको मैले देखेको छु त्यसैमाथि सरकारी स्वास्थ्यसंस्थामा कतिपय औषधिहरु निशुल्क पाइन्छन् तर निजी मेडिकलहरुमा त्यै औषधी महंगोमा किन्नुपर्छ

दुर्गमका नागरिकले भोग्नु परेको यस किसिमको अवस्थालाई चिर्नका लागि ब्यापक जनचेतना फैलाउने सोच बनाएको छु आगामी दिनमा कर्णाली क्षेत्रभरी अझ धेरै स्वास्थ्य शिविर सञ्चालन गर्न मन सरकारले नीति बनाएको तर, त्यसको कार्यान्वयन भएको छैन नेपाल सरकारले बनाएको नीतिलाई राम्रोसँग कार्यान्वयन गराएर प्रत्येक नागरिकको स्वास्थ्य स्थिति राम्रो गर्न मन मास्टर्स सकेर आफ्नै कालिकोटमा जाने सोचमा छु अहिले नै जाँदा मैले पढाई पुरा गर्न अफ्ठेरो हुने भएकोले पाँच वर्ष पछि जिल्ला फर्कने योजना बनाएको छु

यानिकी कालिकोटसम्म राज्यको ध्यान अझै पुग्न सकेको छैन हैन ?

सरकारको निती राम्रो त्यो कार्यान्वयन भएको छैन अर्को कुरा त्यहाँ जनशक्ति पर्याप्त छैन दुर्गम ठाउँमा डक्टरहरू गए पनि महिना÷वर्ष दिन पछि फर्किने चलन सरकारबाट बजेट छुट्टिएको भएपनि बेलैमा अस्पतालमा औषधी पुग्दैन यस्तो अवस्थाको अन्यका लागि त्यहिकै जनतामा चेतना अभिवृद्धि हुनुपर्छ स्थानीय नेताहरू सचेत भएर लाग्नुभयो भने अहिले जुन समस्या देखिएको त्यसको अन्त्य हुन्छ डक्टरको नबस्ने देखि लिएर सामान्य अप्रेसन गर्नलाई पूर्वाधारको अभाव लगायतका समस्याहरु रहेका छन्

के भइदियो भने कालिकोटका जनताको स्वास्थ्यमा सुधार आउने देख्नुहुन्छ ?

पहिलो कुरा त्यहाका मान्छे आफै सचेत भएर सरसफाइमा ध्यान दिनुपर्यो खानपानमा ध्यान दिनुपर्यो

दोस्रो प्राथमिक स्वास्थ्य केन्द्र देखि हेल्थपोष्टसम्म तथा जिल्ला अस्पताल जानलाई पनि धेरै समय लाग्छ धेरै ठाउँमा हेल्थपोष्टको सुविधा भएको भए राम्रो हुन्थ्यो

तेस्रो अस्पतालमा औषधी जनशक्तिको पनि समस्या महिला स्वास्थ्य स्वयं सेविका देखि अन्य स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि जनचेतना जगाउन सक्रिय रुपमा लाग्नु पर्यो रोगको बारेमा सरसल्लाह दियौं भने मान्छेहरू सचेत हुन्छन् केही हदसम्म रोगहरूको रोगथाम गर्न सक्छौं

सिरियस विरामीको उपचारका लागि जनशक्ति राम्रो हुनै पर्यो बेलैमा जिल्ला अस्पतालमा उपचार गर्न नसकेका विरामीलाई नेपालगञ्ज सुर्खेततिर रेफर गर्न सकियो भने धेरेको ज्यान बचाउन सकिन्छ

चौथो भनेका बेला बेलामा निशुल्क स्वास्थ्य शिविरहरू संचालन गर्न सक्यो भने त्याहाँका जनताको स्वास्थ्यमा सुधार आउने देखिन्छ

पाँचौं भनेको स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको कुरामा न्यूनिकरण गर्नै पर्छ स्वास्थ्य क्षेत्रका लागि छुट्टिएको बजेटलाई सही सदुपयोग गर्न सक्ने हो भने अहिले खर्च गरिँदै आएको रकमबाट पनि धेरै सुधार गर्न सकिन्छ

थप भन्न मन लागेको कुरा केही ?

सर्वप्रथम मलाई निशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाई दिदी बहिनीहरु, साथी भाई लगायतका सहयोगी हातहरूप्रति आभार व्यक्त गर्न चाहन्छु

सेवा नै धर्म हो मलाई यस्तै सेवा गर्दा आनन्द महसुश हुन्छ मलाई यस्तै सहयोगि हातहरूले सहयोग गर्दै गर्नुभयो भने भविश्यमा पनि अझै धेरै मान्छेलाई दुर्गम ठाउँमा गएर सेवा दिने छु नेपाल सरकारले गरीव जनताका लागि निशुल्क औषधी प्रदान गर्ने निर्णय गरेको तर अस्पताल पुग्दा पाइरहेको अवस्था छैन त्यो पाउन सकेको भए उहाँहरूलाई राहात हुने थियो

कालिकोटका प्रत्येक क्षेत्रमा राम्रो स्वास्थ्य सेवा पुग्न सकोस् जिल्ला अस्पतालमा जनताले छिटो पुगेर सेवा लिन सकुन् त्यसका लागि सडकको विस्तार होस् सवारी साधन चल्न सक्ने बाटाघाटा बनुन् यतातिर पनि सरकारको ध्यान जाओस्

बेलैमा अस्पताल पुग्न नसक्दा कैयूं गर्भवति महिलाको अकालमै ज्यान गइरहेको तत्काल अस्पताल पुर्याउन नसक्दा कैयूं बिरामीको मृत्यु हुने गरेको यस्ता संवेदनशिल कुरामा सरकारको बेलैमा ध्यान जाओस् भनि आग्रह गर्न चाहन्छु जनताले सरल छरितो रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था सरकारले गरोस् भन्ने मेरो आग्रह आफुले सकेजति दुर्गम क्षेत्रका जनताको स्वस्थ्य सेवामा लागि पर्ने छु यसका लागि विभिन्न क्षेत्रका मान्छेको सहयोगको पनि आवश्यक सहयोग गर्नुहुनेछ भन्ने विश्वास पनि लिएको छु

साभार प्रशासन डटकम