8 Magh, 2074 | 22 January, 2018 Monday

तितोपाटी डट कम - भारतको रुपैडिहामा एक नेपाली युवाको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भूमिमा नेपाली युवा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार भारतको रुपैडिहामा रहेको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा युवाको शवं आइतबार फेला परेको हो । मृतकको खल्तीमा भेटिएको बसको टिकटको आधारमा नेपाली नागरिक भएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको थियो ।

भारतीय प्रहरीका अनुसार मृतकको गोजिमा भेटिएको बसको टिकटमा नाम पुर्णमान श्रेष्ठ लेखेको र बुटवलदेखि नेपालगन्जसम्म आएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले भारतीय प्रहरीले घटनाको जानकारी गराए लगत्तै टिकटको आधारमा मृतकको आफन्तको खोजि सुरु गरिएको जानकारी दिनुभयो ।

घटनास्थलको अवस्था र शरिरमा कुनै चोटपटक नलागेको कारण उनको मृत्यु अत्याधिक माधक पदार्थ सेवन गरेका कारण चिसोमा कठांग्रीएर भएको हुन सक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको प्रहरीले जनाएको छ ।

युवकको शवं पोष्टमार्टमको लागि भारतीय जिल्ला अस्पताल बहराईच पठाईएको छ