9 Magh, 2074 | 23 January, 2018 Tuesday

राम बहादुर थापा - बिनास बिनाको बिकाश कल्पना भन्दा पनि बाहिरको कुरा हो ।
पक्कै पनि केहि पाउन केही त गुमाउनै पर्छ यसलाई म स्विकार्नु गर्छु । यसो भन्दैमा उठिबास नै हुने गरि बिकाशको नाममा गरिएको कामलाई म बिनास नै भन्छु ।


2/4 जनाको दादागिरी र 1/2 जनाको बिकाउले आज हामी के गुमाउँदै छौ भन्ने कुरा ऐना जस्तै नरपानी र के कुराको सामना गर्नु पर्छ भन्ने आफनै छाया जस्तै त्यहाका बासिन्दा वा छिमेकीले गरेको सामना छर्लङ्ग हुदा पनि लाग्छ अरु ठाँउ भन्दा बुद्धिजीवीले भरिएको मेरो गाउँका बुद्धिजीवीहरु उत्खननमा मौन रहदा यिनिहरु पैसा पिसाचु भएको स्पष्ट छ ।

बिकास नै गर्ने संकल्प गर्ने हो भने र इच्छा शक्ति हुने हो भने सुनसान ठाउलाइ सुनसान कैले नहुने गरि बिकास गर्न सकिन्छ भन्ने सानो र उदाहरण र केहि गर्न सकिन्न भन्नेलाई छाप बस्ने गरि झापड हानेका छन तिनै नरपानीको युवाहरुले । ती तिनै युवा हुन जो हिजो नरपानी खानिमा सकृय थिए र पछि बिनास हुँदै छ भन्ने पाठ सिके यिनै युवा र आज पर्यटन बिकासको बाटो रोजे र यो दीर्घकालीन छ । चरम बिकृती र बिगसङतीको मुक्ति सङै आज नरपानीको मुहार फेरिदा अर्घाखाँचीको नमुना पर्यटन स्थल बन्दै छ ।

साच्चै बिकास गर्ने हो भने खाँचिकोटमा प्रसस्त ठाउँ छन ।
मुख्य रुपमा कोट यस्को मर्मतको लागि अलिकति लगानी लगाउने हो र सुपा आउने पर्यटनलाई कोट सम्म आउने वातावरण र प्रचार गर्ने हो भने त्यो भन्दा ठूलो बिकास र सम्र्ब्र्धी के होला र ?
साथै खेल मैदान र बाल उधानसग कोट र सुपाको यात्रा जो कोहिलाइ पनि घुमिरहन मन लाग्ने ठाउँ बन्न सक्छ र यो सम्भव पनि छ जसले बिकाश को नाममा बिनास होइन वृद्धि गर्छ ।
होटल व्यावसाय चल्छन , कृषिलाई पनि व्यावसायिक बनाउन सकिन्छ साच्चै सुन्दर मनमोहक पर्यटन स्थान बन्न सक्छ ।

तर मेरो गाउँका टाउकेहरु कैले उकालो चड्न जानेनन , पैसाको मोहमा आफ्नै इज्जत सम्म बैना लगाउन सक्नेलाइ
केहिको प्रवाह भएन । बर्षमा एक पटक कोट धाउने हरु न सरकारसग कोटको हितको बारेमा पहल देखिन्छ नत गाउमा नै । नरनारायणले सुपाको मुहार फेर्दा आज दर्सन गर्नेको भिड देख्दा कोट्को मुहार फेर्दा के होला कैले सोचेनन । बरु पैसा कहाबाट भन्ने सोचले सुन्दर बस्तिको नक्सा बदल्न लागे चुन ढुङ्गा उत्खननबाट ।

हिजो तिनै खानिको अभियान्तालाइ वडा अध्यक्षमा जिताएका र जिते र जानेबाट चुन ढुङ्गा उत्खनन बन्द गरौ र पर्यटन बिकासमा हातेमालो गरौं भन्ने म नै मूर्ख हुन सक्छु । तर मेरो सपना सुपा आउने सबैलाई कोटसम्म पुराउने हो।
बन जगलमा जडिबुटीको खानी बनाउने हो ।।
समय आए पछि यहि मेरो सपना र लक्ष्यको लागि लड्ने छु ।
राम बहादुर थापा ,अर्घाखाँची

(हाल दोहा कतार)