8 Magh, 2074 | 22 January, 2018 Monday


तीताेपाटी डट कम - प्रबासी नेपाली ट्याक्सी ब्यबसायी संघ कुवेतको खैतान स्थित राजधानी रेस्टुरेन्टमा शुक्रबार प्रथम बार्षिक उत्सव तथा अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । प्रबासी नेपाली ट्याक्सी ब्यबसायी संघ कुवेतको अध्यक्षमा सुन बहादुर तामांग निर्बिरोध चयन भएका छन् । अन्य सम्पूर्ण पदाधिकारीहरु पनि निर्बिरोध चयन भएका हुन् ।

सुन बहादुर तामांगको सभापतित्व तथा नेपाली दुताबास कुवेतका राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम बार्षिक उत्सब तथा अधिबेशनमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांग लगायत कुवेतमा क्रियाशील बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, खेलाडी समाजसेवी तथा कुवेतमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो


सुरेश ग्याबा तामाङको सन्चालनमा गरिएको कार्यक्रममा सभापति, प्रमुख अतिथि बिशिष्ठ अतिथि लगाएतका ब्यक्तित्वहरुले संयुक्त रुपमा पानसमा दिप प्रज्वल गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । साथमा वार्षिकोत्सवको उपलक्षमा केक समेत काटेका थिए । कार्यक्रम संयोजक रेशम लामाले स्वागत मन्तब्य दिएका थिए ।

 “नेपालीहरुको सेवामा समर्पित” भन्ने नारा लिएर १ बर्ष पहिले स्थापना भएको प्रबासी नेपाली ट्याक्सी ब्यबसायी संघ कुवेतको बार्षिक प्रतिवेदन आर्थिक बिभाग संयोजक मनिस केसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा राजदुत यज्ञ बहादुर हमाल, गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङ, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश किराती राई, सरोकार समाजका अध्यक्ष दिल स्यान्बो, हिन्दू जागरण नेपाल कुवेतको अध्यक्ष टिकाराम आचार्य, किरात रे यायोक्खाका अध्यक्ष मन्जित राई, मध्य पश्चिम सेवा समाजका गणेश राउत लगायतका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


नयाँ कार्यसमिति यसप्रकार छ ।


अध्यक्ष – सुन बहादुर तामाङ


उपाध्यक्ष- जगत तामाङ


उपाध्यक्ष – चन्द्र बहादुर तामाङ


महसचिव – रेसम लामा घिसिङ


सचिब- भुमिराज राई


सहसचिब- सुजन घिसिङ


कोषाध्यक्ष – मानिस के सि


सहकोषाध्यक्ष – जुजु काजी महर्जन

प्रमुख सल्लाहकारहरु – राम कुमार श्रेष्ठ, केसर सिंह लामा, राजेन्द्र थापा, देव कुमार तामाङ, निलकन्टा ढाकल, डम्बर बहादुर तामाङ सल्लाहकारहरु – डोल सिंह थापा, बिजय कुमार कार्की, दिपक घिसिङ, जगत तामाङ, सुनिल कुमार चौधरी, कृष्ण प्राजपती


सदस्यहरु-  अकबिर मोक्तान, मुकुन्द कार्की, महेन्द्र राई, टङ्का मगर, कुमार घर्ती मगरगणेश नेपाल, महेन्द्र थापाराजुु थापादिपक लामाखेम गुरुङ, निरज पुन मगर, बिनोद भुजेल, फत्तेन्द्र चौधरीबिजय लिम्बूअबिसेक राईबिबेक लामादुर्गा बुडा मगरसुरेस चौधरीमन कुमार, भरत थापायुबराज गुरुङटिकराम गुरुङरवि बिस्वाकर्मतिर्था थापारोशन लामासुजन लिम्बूसेर बहादुर मगरगणेश बुड मगरराजन लामा ।