11 Baishak, 2075 | 24 April, 2018 Tuesday



गीती गजल

हास्दै खेल्दै काखमा बसी ,अनेक सपना बुन्छ्यौ तिमी
थाह छैन मेरी मुटु,  भोली  कसकी  हुन्छ्यौ तिमी ।

व्यर्थ   कहाँ  हो  र  तिम्रो,   यो दुनियाले ---तारीफ    गर्ने 
लाखौं  तारा  बीच   पनि,  एक गज्जबकी जुन्छ्यौ तिमी । 


नजर  देखी  एकै  छिनलाई ,जब  टाढा  हुन्छ्यौ   तिमी
आईदिन्छ र तिम्रो  याद , यो  मुटुलाई   छुन्छ्यौ  तिमी ।

तिम्रै    बारे     जिन्दगीले ,   उठाको   छ   यस्तो   सवाल 
भोली आफ्नै मनको राजा,  कस्तो   खाले चुन्छ्यौ  तिमी ।

अविनाश थापा