8 Magh, 2074 | 22 January, 2018 Monday
आँखाका नानीभित्र
2017-12-23 | तीतोपाटी

कविता

यदि तिमी मेरो भए कति सजाउँथें 
यी आँखाका नानि भित्र तिम्लाई बसाउँथें 
जो सुकैले बुझ्दैनन यो मायाको संसार
मैले बुझ्छु तिम्रो मोल  तिमी अनुसार
   
तिम्रो खुसि सजाएर महल बनाउथें 
तिमी रुँदा मायाँ  बनि तिम्लाई  फकाउथें 
 यदी तिमी मेरो भए कति सजाउँथें ।
दु:ख सुख सँगै जिउने  माहोल बनाउँथें ।

क्षितिज पारि छुट्टै संसार बनाऊँ बनाऊँ लाग्छ
मेरा मिठा कथाहरु तिम्लाइ  नै सुनाउ लाग्छ
खहरेको भेल आउदा  छहारी मै ओत बन्छु
दुश्मनीले हेर्यो भने अदालत र कोट बन्छु।
            
रोजिना ढुङाना झापा