12 Baishak, 2075 | 25 April, 2018 Wednesday
तीतोपाटी डट कम - कोसेली समुह कुवेतले लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष तथा सिन्धुपाल्चोक सेवा समाज कुवेतका अध्यक्ष माधव पौडेललाई कोसेली समुहमा आवद्ध गर्दै भव्य स्वागत गरेको छ ।

समुहले कुवेतको नेपाली समाजमा साहित्यीक उपनाम “असल यात्री” नामले चिनिएका सामाजिक अभियन्ता पौडेललाई फरवानिया स्थित कार्यलयमा एक कार्यक्रमका विच भव्य स्वागत गरेको हो । समुहले केहि हप्ता अघि समुहका अर्थ संयोजक ठाकुर प्रसाद पौडेललाई विदाइ गर्ने कार्यक्रमका विच माधव पौडेललाई कोसेली समुहमा आवद्ध गर्ने निर्णय गरेको थियो ।

कोसेली समुहमा औपचारिक रुपमा आवद्ध भएका पौडेलले मिडिया टिममा रहेर समाचार सम्प्रेषण गर्नुका साथै हाल समुहद्धारा संचालित तीतोपाटी डट कम को कोसेली पेजको तर्फबाट  “अन द स्पट लाइभकाष्ट” गर्नेछन् । हाल सम्म लाइभका लागि समुहका कोषाध्यक्ष राजन श्रेष्ठले कार्य गर्दै आएका थिए भने अब उप्रान्त माधव पौडेल र राजन श्रेष्ठको संयुक्त टोलीले अन द स्पट लाइभकाष्ट तथा अन द स्पट लाइभ टक पनि प्रस्तुत गर्नेछन् ।

साहित्य विधा र समसामयिक राजनीतिक घटनाक्रममा आधारित रहेर कलम चलाउँदै आएका माधव पौडेल अाफैंमा एक वहुमुखी प्रतिभाका धनि व्यक्तित्व हुन । कुवेत बसाइको क्रममा कला र सँस्कृतिलाई माया गर्दै लालीगुराँस साँस्कृतिक समुहमा आवद्ध भएका पौडेल विभिन्न पदिय जिम्मेवारी पुरा गर्दै हाल उक्त सँस्थाको नेतृत्व गरिरहेका छन् । उदार सामाजिक मनका धनि पौडेलले आफ्नै नेतृत्वमा धेरै सहयोग अभियान पनि चलाइरहेका छन् भने सिन्धुपाल्चोक घर भई कुवेतमा कार्यरत दाजु भाई तथा दिदीबहिनीहरुलाई एकिकृत गर्दै सिन्धुपाल्चोक सेवा समाज कुवेत गठन गरी विभिन्न सामाजिक सेवाका कार्यहरु पनि गर्दै आएका छन् ।

त्यसै गरि कोसेली समुहले हरेक वर्ष मनाउँदै आएको यसको वार्षिक उत्सवको आठौं सँस्करण आगामी फेब्रुअरी १६ तारिक खैतान स्थित राजधानी इन्डियन रेष्टुरेन्टमा सम्पन्न गर्ने भएको छ । आफ्नौ स्थापनाकालदेखि नै विभिन्न फरक फरक कार्य गरी कुवेतको नेपाली समुदायमा एक छुट्टै पहिचान बनाएको कोसेली समुहले विभिन्न किसिमका रचनात्मक कार्यहरु गर्दै आएको छ भने यस पटक वार्षिक उत्सवको समुहले प्रकाशन गर्दै आएको छापा पत्रिका मरुभूमिको कोसेली पत्रिका मार्फत    कुवेतको नेपाली समाजमा २०१७ भरि भएका विभिन्न गतिविधिलाई समेटेर स्मारिका अंक प्रकाशन गरी निःशुल्क वितरण गर्ने जनाएको छ ।

कोसेली समुहद्वारा प्रकाशन गरिदै अाएको मरूभूमिको कोसेली छापा पत्रिका कोसेली समुहको मात्र नभएर  सिंगो नेपाली समाज कुवेतको अाफ्नो पत्रिका भएकोले यस पत्रिकामा अाफ्ना लेख, रचना, साहित्य, गतिविधि एवं विज्ञापन दिन चाहनु हुने जो कोहीले पनि तपसिल वमोजिमका मिडिया टिमका साथीहरूलार्इ  सम्पर्क गरि उपलब्ध गराइदिनुहुन कोसेली समुह हार्दिक अनुरोध गर्दछ ।
हरिकृष्ण न्याैपाने - 65042216
नवराज पन्थी - 66437286