8 Magh, 2074 | 22 January, 2018 Monday

हरि कृष्ण न्यौपाने-लामो समय देखी करिब ३०० जना नेपालीहरु कामदारहरु समस्यामा परिरहेको परीपेक्षमा उनिहरुलाई कसरी सहज र सरल तरिकाले उद्दार गर्दै नेपाल पठाउन सकिन्छ भन्ने उद्धेश्यका साथ भोली डिसेम्बर-२१ बिहीवार-बेलुकी ५:०० बजे कुवेतना कृयाशिल सम्पूर्ण नेपाली संघ्-संस्थाका प्रतिनिधिहरु र नेपाली दुताबास बिच छलफल गरिने भएको छ।

खराफी कम्पनीको सुलेबिया क्याम्पमा बस्ने कामदारहरुका लागी पुन: खाना सप्लाई गर्ने कम्पनिले डिसेम्ब-१८ तारिक सोमबार बीहान देखि फेरि खाना सप्लाइ बन्द गरेको र महिनौ देखी घर फर्कन तलब र काम बिना बाटो कुरीरहेका सोइबा क्याम्पका कामदारहरु गरी करिब २८० जना नेपाली कामदारहरु अझै बिचल्लीमा छन।बिचल्लीमा परेका मध्ये अधिकांशको भिसा नबिकरण नभएको र ओभर-स्टे जरिवाना बापत ठुलो रकम बुझाउनु पर्ने हुन्छ भने फर्कने टिकटको पनि समस्या उस्तै छ।

खास गरी कुवेतमा कृयाशिल सबै नेपाली संघ-संस्थाहरु आपतका घडीमा एक ठाउँमा आएर हातेमालोको जरुरत परेकोले नेपाली समुदायकै पहलमा बिहीवारको छलफल हुन लागेको हो।

प्रधानमन्त्रीले चुनाव अगाबै खराफी कम्पनीमा पीडित भएका कामदारहरुलाई स्वदेश फर्काउन समिती बनाउदै सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन गरिए पनि नेपाली दुताबासको पहल तथा मेन्पावरले पठाएको टिकर र आर्थिक सहयोगमा जम्मा २१ जना कामदारहरु मात्र नेपाल फर्किएका छन।

बिहीवारको छलफलमा कुवेतमा कृयाशिल नेपाली संघ्-संस्थाका पधाधीहरु तथा पत्रकार र सामाजिक अभियान्ता-सहयोगिहरुलाई बोलाइएको र यसै सुचनालाई आधार मानेर दुताबासमा बेलुकी ५:०० बजे उपस्थित हुन सबैलाई सुचित गरिन्छ।