8 Magh, 2074 | 22 January, 2018 Monday

तीतोपाटी डटकम-दायाँ खुट्टामा क्यान्सरको उपचार गराउन नसकेर आर्थिक समस्यामा परेका सुदुररपश्चिम दर्गम जिल्ला दार्चुला नौगाय गाउँपालिकाका ५ बर्षिय रोशन धामिलाइ उपचार सहयोग गर्न सृजनशिल युवा समाज कुवेतले क्यान्सर पीडित रोशन बचाउ अभियान सन्चालन गर्ने भएको छ।

समाजका अध्यक्ष पुष्कर सिह धामीले तितोपाटी सँग भने"सानै उमेरमा क्यान्सर रोग लागि उपचार गराउन नसकेर कष्टकर जीवन बिताउन बाध्य रोशन धामिलाई सहयोगका लागी आजै बैठक बसी निर्णय गरेका हौ।उनले थपे आर्थिक समस्या खेपिरहेका परिवारले जिल्लाबाट सिफारिस बनाइ चितवन क्यान्सर अस्प्ताल भरतपुरले १ लाख बराबरको औषधी निशुल्क दिने भएको छ।उनको परिवारमा खानको लागि पनि समस्या रहेको र करिब ६ लाख उपचार खर्च अनी ६ महिना होटलमा खान बस्ने खर्च जुटाउन नसक्ने स्थिति भएकोले हामीले उनको उपचारका निमित्त स्वस्फूर्त रुपमा सहयोग गर्दै हातेमालो गर्न कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाहरु, त्यसका प्रतिनिधिहरु, समाजसेबी लगाएत सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुमा तीतोपाटी डटकम मार्फत आबहान गर्दछौ।"

सहयोग गर्न सम्पर्कको लागि :
पुष्कर सिह धामि : ९७६१८४९५
राज क्षेत्री : ६५१२३६२८
दिपेन्द्र थावा क्षेत्री : ९४९११७९६
सन्ध्या मगर : ६६३१७९६९