11 Baishak, 2075 | 24 April, 2018 Tuesday
महाकबिको सम्झनामा (कबिता)
2017-12-20 | तीताेपाटी डट कम

महाकबिको सम्झनामा  (कबिता)

मरेर पनि सधैं बाचेका सबैको मन मा उनी
सम्झने छौँ  देबकोटा तिमिलाइ हजारौं जुनि जुनि ।

मिठा कविता रचना गरेउ साहित्य को राजा
सम्झेका छौँ  तिमिलाइ बाजे हरेक बर्ष आज ।

आकाशमा तारा चम्किरहन्छ फुल झरेर गयपनी
तिम्रा कृति अमर छन् तिमि मरेर गयपनी ।

मन छुने कविता तिम्रो दिल छुने बोली
बालक वृद्ध युवा युवतिले सम्झन्छन् आजभोलि  ।

साहित्य को शिखर तिमि महाकबी अनि
हृदय देखी श्रद्धाञ्जली तिमिलाइ " निर्दोष " छबिको पनि ।।

          रचनाकार
     छबिराम सुनार ( निर्दोष )
     डेढ गाउले भान्जा
     नवलपरासी नेपाल
         ( हाल कुवेत )

( नोट =प्रस्तुत कविता डेढ गाउँ सामुदायिक अध्ययन केन्द्र बौदिकाली 2 नवलपरासी द्वारा महाकबी देबकोटा जयन्ती 2074 मा आयोजित कार्यक्रम मा  बाचन गरिएको हो ।  रचनाकार त्यहाँ का स्थाइ बासिन्दा हुन् )